झापा । झापाका सामाजिक अगुवा तथा एकका लागि एक अभियानका संयोजक महेन्द्र गिरीलाई पितृशोक परेको छ ।

गिरीका पिता बमबहादुर गिरीको ८७ वर्षको उमेरमा निज निवास बिर्तामोड–२ स्थित चारपानेमा शनिबार ४ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । सहकारी अभियन्ता समेत रहेका गिरी नेपालकै सबैभन्दा बढी सेयर सदस्य भएको झापा बिर्तामोड–२ स्थित चारपानेमा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी निर्देशक समेत हुन् ।

मृतक गिरी जेठा छोराबुहारी महेन्द्र र ज्योती गिरीका साथमा बस्दै आएका थिए । बाथरोगबाट पीडित गिरी थिए । उनकाे दुइ छाेरा छन् । गिरीको शनिबार नै कनकाई माई आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।