धरान  र धरान १४ स्थित तल्लो हात्तीसारमा एकजना युवा मृत फेला परेका छन् ।
इलाम घर भई धरान १ मा बस्ने ४१ बर्षीय जितेन राई मृत फेला परेकाे प्रहरीले जनाएको छ । उनको शव घोप्टो परेको अवस्थामा आज विहान भेटिएको थियो ।

विगत १८ वर्ष देखि धरान १ स्थित ससुरालीमा परिवार सहित बस्दै आएको बताइएको छ । राई काठको काम गदैं आएको स्थानीयले बताएका छन् ।
मृतकको मुखबाट रगत आएको पाइएकोले घटनाबारे अनुसन्धान भइरहेको इप्रका धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

शवलाई पोष्टमोर्टमको लागी धरामनस्थित वीपी कोइराला स्वास्थ्य वित्रान प्रतिष्ठान लगिएको छ । उनी १७ र ५ वर्षिय दुई छोरा र श्रीमतिका साथ बस्दैं आएका थिए ।