सिरहा । कोरोना भाइरसबाट जोगिन जनकपुरमा ट्राफिक प्रहरीले मास्क वितरण गरेको छ ।
जनकपुरको भानु चोकमा ट्राफिक प्रहरीले मास्क विना हिड्ने सर्वसधारणको मोटरसाइकल रोकेर मास्क वितरण गरेका हुन् । ट्राफिक प्रहरीले मास्क बिना हिड्ने पैदल यात्रुलाई पनि मास्क वितरण गरेका छन् ।
मास्क नभएका व्यक्तिलाई उपलब्ध गराएको र मास्क राखेर पनि प्रयोग नगर्नेलाई प्रयोग गर्न जनचेतना फैलाउन लागेको जनकपुरमा ट्राफिक प्रहरीका प्रहरी नायव निरिक्षक मनोज कुमार चौधरीले बताएका छन् । मास्क प्रयोग नगर्दा कोरोना भाइरस सर्ने जोखिम बढेकाले जनचेतना अभियान चलाएको उनको भनाई छ ।