धरान / धरान उपमहानगरपालिकामा कार्यरत एक महिला कर्मचारीसहित थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण पुष्टि भएका धरान १५ का १० बर्षीय बालककी आमा र हजुरआमालाई पनि संक्रमण पुष्टि भएको छ । ती बालकको आमा धरान उपमहानगरपालिकामा काम गर्छिन् । उनी उपमेयर मञ्जु भणडरीको घरमा समेत काम सघाउदैं आएकी थइिन । उनीहरुसँग जोडिएकाहरुको आज १५ नं. वडा कार्यालयबाट पिसिआरका लागि स्वाब संकलन गरिएको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
यस्तै, वडा नं ४ को १० बर्षका एक बच्चामा पनि संक्रमण पुष्टि भएको छ भने वडा नं १० को ३० बर्षका पुरुषमा पनि संक्रमण देखिएको स्वास्थ्य महाशाखा प्रमुख मेहताले जानकारी दिए ।
यस्तै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्जरी युनिट १ मा उपचारार्थ भर्ना भएका एक विरामीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । जनकपुरबाट केही दिनअघि पेटको उपचार गर्न आएका अन्दाजी ७१ बर्षका व्यक्तिको पिसिआर रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानका प्रवक्ता डा।निदेश सापकोटाले जानकारी दिए ।