धरान/ पहिलो नेपाल आइडलमा टप ७ मा पर्न सफल प्रमिला राईको स्वरमा सजिएको ओ साइला बोलको गीत दर्शकमाझ आएको छ । 

मज्जाको राईको शब्द र मविन्द्र राईको सङ्गीत रहेको छ । गीतको भिडियोसमेत सार्वजनिक भएको छ ।

गीतको भिडियो छायाङ्कन तेह्रथुमको वसन्तपुर, टुटे देउरालीलगायतका क्षेत्रमा गरिएको छ । 

भिडियोको निर्देशन मविन्द्र राईले गरेका हुन् । भिडियोमा मोडल ओम गुरुङ र मेरिना राईको रोमान्स देखाइएको छ । ओम हङ्कङमा कार्यरत छन् । 

पूर्वेली भाकामा सजिएको गीत दर्शक तथा श्रोताले मनपराइदिनेमा आफू विश्वस्त रहेको रचनाकार मज्जाको राईले बताए । भिडियो मज्जाको युट्युबबाट सार्वजनिक गरिएको छ ।

O-SAILA-(1)