कालाबञ्जार । थारु गीत ‘दिल दिल दिल’ को म्यूजिक भिडियो सुनसरीको रामधुनीको झुम्का बजारमा सार्वजनिक भएको छ ।
जेसिका र विवेक चौधरीको स्वर, शब्द तथा संगीतमा रहेको गीतलाई रजनीश चौधरीले निर्देशन गरेका हुन् । भिडियोमा रजनीश र सिर्जना चौधरीको अभिनय रहेको छ । शृंगार रसमा आधारित गीतको छायांकन पूर्वका रमणीय पर्यटकीय स्थलमा गरिएको सिनेमाटोग्राफी तथा छायांकार श्रवणकुमार चौधरीले जानकारी दिए ।