पथरी । राष्ट्रिय वाणिज्य बैङ्क र एनआईसी एसिया पथरीशाखाले इलाका प्रहरी कार्यालय पथरीलाई ४ वटा साइकल प्रदान गरेको छ ।

बुधबार इप्रका पथरीमा पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय वाणिज्य बैङ्कले २ वटा र एनआईसी एसियाले २ वटा साइकलको चाबी हस्तान्तरण गरेको हो । साइकल डिएसपी वेदप्रसाद गौतमले बुझेका थिए ।

एउटा साइकलको मूल्य १४ हजार ५ सय पर्न गएको जनाइएको छ । अब पथरीबजार र वरपर प्रहरीले दैनिक साइकलमा गस्ती गर्ने डिएसपी गौतमले बताए । बजारको सानो–सानो बाटोमा पनि सहज तरिकाले साइकल जान सक्ने भएकोले प्रहरीको लागि यो साधन उपयुक्त रहेको उनले बताए ।