भोजपुर । नेकपा माओवादी केन्द्र भोजपुरले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उमेदवारको नाम सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उमेदवारको नाम सिफारिस गरिएको हो । प्रतिनिधिसभाको एउटा मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा प्रत्यक्ष तर्फ अजम्वर काङमाङ राई, बिमल खडका , शरण तामाङ र सुदन किराँतीको नाम सिफरिस गरिएको छ । नाम सिफारिस गरिएका मध्ये काङमाङ , किराँती पोलिटब्युरो सदस्य हुन ।
यस्तै खडका प्रदेश कमिटी सचिवालय सदस्य र तामाङ प्रदेश कमिटी सदस्य रहेको जिल्ला सचिव बलभद्र राईले बताए । सचिव राईका अनुसार समानुपातिक तर्फ एकबहादुर राई र दुर्गा राईको नाम सिफारिस भएको छ । यता प्रदेशसभा (क) को प्रत्यक्ष तर्फ दिलकुमार राई, राजेश खतिवडा र हर्कराज राईको नाम प्रदेशमा पठाइएको छ । प्रदेश (क) को समानुपाातिकमा भने बबिन्द्र रसाइलीको मात्र नाम सिफारिस भएको छ ।
यस्तै प्रदेससभा (ख) को प्रत्यक्ष तर्फ सन्दिप राई र समानुपातिकका लागि मनिका राई र सम्झना राईको नाम सिफारिस गरिएको माओवादी केन्द्र भोजपुरले जनाएको छ ।