पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका—१ को वडाले पृथ्वी माध्यमिक बिद्यालयलाई  कुर्सी बितरण गरेको छ । शुक्रवार वडाअध्यक्ष देबेन्द्र कुमार लाओतीले विद्यालयका साहयक प्रध्यानध्यापक फुलकुमारी नेम्बाङलाई १ सय ५० कुर्सी हस्तान्त्रण गरेका थिए ।  

वडाले ४ लाख रकमबाट ५ सय ३३ वटा कुर्सी खरिद गरेको थियो । खरिद गरेको अन्य ३ सय ८३ वटा कुर्सी सभाहल, क्याम्पसमा बितरण गर्ने वडाअध्यक्ष लाओतीले बताए । यसअघि वडा कार्यालयले यासोक क्याम्पस यासोकलाइ १६ औ क्याम्पस स्थापना दिवसको अवसरमा ५० ओटा कुर्सी बितरण गरेको थियो ।

त्यस्तै वडाको साविक १, ५ र ६ मा निर्माण सम्पन्न भएको सामुदायिक भवनमा १ सयका दरले ३ सय प्लाष्टिकका कुर्सी वितरण गर्ने बताइएको छ । वडामा रहेका विद्यालय, सामुदायिक भवनहरुको कार्यालय व्यवस्थापनमा सहयोग पु¥याउने उदेश्यले कुर्सी बितरण गरेको लावतीको भनाइ छ ।