धरान । यस वर्षको मिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै वाई वाई मिसेस नेपाल वल्र्डकी विजेता दीक्षा केसी. अमेरिका प्रस्थान गरेकी छन् ।

डिसेम्बर १७ मा अमेरिकाको लस भेगासस्थित वेस्ट गेट रिसोर्टमा सम्पन्न हुने मिसेस वल्र्डको फाइनलमा उनले प्रतिस्पर्धा गर्नेछिन् । सन् १९८४ मा स्थापित मिसेस वल्र्ड विवाहित महिलाहरूको पहिलो र ठूलो सौन्दर्य प्रतियोगिता हो । प्रतियोगितामा अमेरिका, युरोप, एसिया, अफ्रिका, अष्ट्रेलियालगायतका महादेशबाट ६० भन्दा बढी राष्ट्रका सहभागी हुँदैछन् ।

मानसिक स्वास्थ्यको क्षेत्रमा सामाजिक कार्य गर्दै आएकी दीक्षा मिसेस वल्र्डमा यसै सम्बन्धी आफ्नो प्रोजेक्ट प्रस्तुत गर्दैछिन् । उनले सुपी रसाइली एवम् मनिष राईद्वारा तयार पारिएको राष्ट्रिय पोसाकदेखि अन्य आकर्षक पहिरनमा आफूलाई प्रतियोगितामा उतार्दै छिन् ।

दीक्षा मिसेस नेपाल वल्र्डमा सहभागी भएर उक्त प्रतियोगिताको विजेताको रूपमा चयन भएकी थिइन् ।