विराटनगर । विराटनगर – १३ मा रहेको डिएभी स्कुलमा स्पोर्ट्स मिट सुरू भएको छ । स्कुल परिसरभित्र स्पोर्ट्स मिट सुरू भएको हो । 

आइतबारसम्म संचालन हुने स्पोर्ट्स मिटमा एक दर्जन बढी खेलहरू रहेको डिएभी स्कुलका प्रिन्सिपल रमेश मिश्रले जानकारी दिए । तीन दिनसम्म संचालन हुने स्पोर्ट्स मिटमा १ सय मिटर, २ सय मिटर दौडलगायतका विभिन्न खेलहरु रहेको छ ।

स्पोर्ट्स मिटमा विद्यार्थीहरुले मार्च पास पनि गरेका थिए । विद्यार्थीहरूमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले विद्यालयले प्रत्येक वर्ष स्पोर्ट्स मिट गर्दै आएको छ । नर्सरीदेखि कक्षा १२ सम्म अध्ययरत १३ सय भन्दा बढी विद्यार्थीहरूले स्पोर्ट्स मिटमा भाग लिएका छन् ।