विजयपुर । एउटा कोठाबाट सुरु भएको धरान–१७ को सुनौलो सामुदायिक पुस्तकालय आज सुविधासम्पन्न पुस्तकालय बनाइएको छ ।
२०५२ सालमा सुरु हुँदा एउटा कोठाबाट सुरु गरिएको अध्यक्ष रमेशचक्र खड्काले जानकारी दिए । उनले पुस्तकालयले विगतमा गरेका कार्यहरूको मूल्याङ्कन गर्दै रिड नेपाल, शान्ति भोलेन्टियर्सले २ करोडको लागतमा पुस्तकालय निर्माण गरिदिएको हो । पुस्तकालय हालै सञ्चालनमा आएको छ ।
अध्यक्ष खड्काले वडाबासीलाई चेतना छर्ने उद्देश्यबाट पुस्तकालय सुरु गरिएको बताए । उनले सबै वडावासी तथा अन्यलाई आजीवन सदस्य बनिदिई पुस्तकालय सञ्चालनमा सहज बनाइदिन आग्रह गरे । उनले कोसी प्रदेशभरकै नमुना पुस्तकालय बनाउने योजना रहेको बताए । पुस्तकालयमा विभिन्न कक्षहरू रहेका छन् । महिला, बालबालिकालगायत ५ वटा कक्षहरू रहेका छन् ।