विराटनगर । विराटनगर महानगरपालिका १३ मा रहेको डिएभी स्कुलले भव्य कार्यक्रम आयोजना गरी ग्य्राण्ड अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी दिवस मनाएको हो । 

ग्य्राण्ड अभिभावक दिवससँगै स्कुल परिसरमा फन फेस्टा कार्यक्रम पनि आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै डिएभी स्कुलका प्रिन्सिपल रमेश कुमार मिश्राले गुणस्तरीय शिक्षा सँगै विद्यार्थीहरुलाई सीप र संस्कारसहितको शिक्षा प्रदानमा विद्यालय कठिबद्ध भएर लागि परेको बताए । ‘विद्यालय स्थापनाको २८ वर्ष पुरा भयो । यस अवधिमा विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदानमा हामीले कुनै कसुर बाँकी राखेका छैन,’ प्रिन्सिपल मिश्राले भने, ‘हामीले यस विद्यालयबाट दक्ष जनशक्ति उत्पादन गरी अहिले विभिन्न ओदामा बसेका छन् ।’ यहाँबाट उत्पादन भएका विद्यार्थीहरू राष्ट्रको विभिन्न क्षेत्रमा पुगेको उनले सुनाए ।

कार्यक्रममा विद्यालयका अध्यक्ष सुरेश कुमार शर्मा, संचालकहरु ताराचन्द खेतान, डा. राज कुमार अग्रवाल, डा. नारयण कुमारलगायतले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरी अगाडी बढनुपर्नेमा जोड दिए  ।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन, नाटकलगायतका विभिन्न प्रतिभा प्रस्तुत गरी सहभागि अभिभावक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन प्रदान गरे । नर्सरीदेखि कक्षा १२ सम्म अध्ययरत विद्यार्थीहरुले प्रतिभा देखाएका थिए । स्कुल परिसर भित्र राखिएको फन फेस्टामा विद्यार्थीहरुले एक दर्जन बढी स्टल राखेका थिए । विद्यार्थीहरुमा भएको प्रतिभा फन फेस्टामा पनि राखेका थिए । 

सोही अवसरमा विद्यालयमा स्वास्थ्य शिविर पनि आयोजना गरिएको थियो । स्वास्थ्य शिविरमा दन्त्तरोग, आँखा, कानलगायतका विशेषज्ञ चिकित्सकहरु ल्याएर विद्यार्थी र सहभागि अभिभावकहरुको स्वास्थ्य जाँच गरिएको थियो ।