धरान । नेपालमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार १ सय ५१ जनाको नमुना परीक्षण गर्दा ७६ जनामा कोरोना सङ्क्रमण देखिएको हो । जसमा ३ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा ४९ जना र ८ सय ६ जनाको परीक्षण गर्दा २७ जना कोरोना सङ्क्रमित छन् ।

यस्तै कोरोनाका १६ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर २ सय २७ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।