वराहक्षेत्र । सुनसरीको वराहक्षेत्रको कालाबन्जरमा जारी नगरपालिकाको ठूलो धनराशिको छैटौं अन्तराष्ट्रिय भरौल गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा काठमान्डौंको क्षमादेवी प्लानिङ्ग ब्वाइज युनाइटेड र डिभाइन ब्वाइज क्लवले प्रवेश गरेका छन् ।

 ईटहरीको राष्ट्रिय जागृती क्लव र इन्डियाको कन्चनजंघा फुटवल क्लवलाई हराउँदै पांचौ गोल्डकपको डिफेन्डिङ्ग च्याम्पियन क्षमादेवी र डिभाइन टिम गोल्डकपमा कब्जा जमाउँन चैत्र २२ गते फाईनलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

चैत्र १९ गते भएको पहिलो सेमिफाईनलमा राष्ट्रिय जागृती क्लव लाई ट्राईब्रेकर सुटआउमा ४ का विरुद्ध ५ गोलले हराउँदै गत सालको विजेता क्षमादेवि युनाईटेड उपाधि नजिक पुगेको हो । 

निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि गराइएको ट्राइब्रेकरमा क्षमादेवी युानईटेडका विशाल दर्जी, सोनिम मगर,विवश मगर, राम शाह र विदेशी खेलाडी स्टिभले गोल गरे । राष्ट्रिय जागृती क्लवबाट प्रवेश दनुवार,सुमित चौधरी, सुदिप खड्का रमेश राजवंशीले गोल गरे ।

यसैगरी २० गते भएको अन्तिम सेमिफाइनल खेलमा कन्चनजंघा लाई १ का विरुद्ध ३ गोलले हराउँदै डिभाइनले फाईनलको यात्रा तय गरेको हो । पहिलो हाफको ३ मिनेटमा हरि कठायतले पहिलो गोल गरि जितको खाता खोले ।

उनलाई पछ्याउँदै अर्का रुपेश क्षेत्रीले १५ मिनेटमा थप १ गोल गरि २ गोलको अग्रता दिलाएका थिए ,भने खेल सकिन ७ मिनेट बांकी रहंदा क्यापटेन सुशान्त लामाले तेश्रो निर्णयक गोल गरि जित निश्चित गरेका थिए, कन्चनजंघाका अनिष राईले सान्त्वना गोल गरे ।

दुवै सेमिफाईनल खेलमा क्षमादेविका गोलकीपर लोकेश चौधरी र डिभाईनका हरि कठायत म्यान अफ दी म्याच घोषित हुदै जनही नगद ५ हजार रुपैंया पा्रप्त गरे । गोल्डकपको विजेताले ४ र उपविजेताले २ लाख रुपैंया र ट्रफी प्राप्त गर्ने छन् । चैत्र १५ गतेबाट शुरु भएको फुटवल स्थानिय जगत्राथ डेडराज जनता माविको खेल मैदानमा भईरहेको छ ।