देउराली ।  धरान उपमहानगरपालिका स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले खानेपानीको अभाव भएको भन्दै त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई एक हप्ताको बिदा दिएको छ । 

बुधवार  प्रतिष्ठानका एसोसिएट डिन डा. भिम्मी सिंहले एक सूचना जारी गर्दै आवश्यकता अनुसार खानेपानीको उपलब्धता गराउन नसकिएको भन्दै  निर्धारित तालिकालाई  पछि सार्दै  ६ जुन देखी १३ जुन सम्मका लागी बिदा दिएको जानकारी दिएका छन्। 

'बीपीकाे पानी हामीलाई पनि': पानी माग्दै प्रतिष्ठानका विद्यार्थी आन्दोलित (भिडियाेसहित)

प्रतिष्ठानको अस्पताल, आवास क्षेत्र तथा विद्यार्थीहरू बस्ने होस्टेलमा पानीको अभावका कारण चरम समस्या भोगिरहेको भन्दै केही दिन अघि विद्यार्थीहरूले विरोध प्रदर्शन समेत गरेका थिए ।