अहिलेको व्यवस्था सङ्घीय गणतन्त्र कसका लागि, किन र कसले लागू गरेको रहेछ भन्ने कुरा सरकारमा बसेका विदेशी दलालहरुका क्रियाकलाप र उनीहरुले नेपाल आमाको छातीमाथि गरेका गद्दारीहरुबाट प्रष्ट भइसकेको छ । भारतको नयाँ दिल्लीमा बसेर १२ बु“दे समझदारी गरी नेपाली जनतालाई धोखा दिने तिनै मतियारहरु अहिले आलोपालो प्रणाली अन्तर्गत सत्तासीन हुन सफल भइरहेका छन् । निर्वाचनमा जहिले बहुमत हासिल हुन नसक्ने परिपाटीको माखेसाङ्लो प्रकृतिको संविधान अन्तर्गत एउटा कुनै जिल्लाको एउटा निर्वाचन क्षेत्रको अनेक तिकडमबाजी गरेर विजय हासिल गरेको कुनै अलोकप्रिय पात्रलाई नेपालभरिका जनताले प्रधानमन्त्री, मन्त्री मानिदिनु पर्ने कहिलेसम्म हो भन्ने जनजनका मनमा प्रश्न उब्जिरहेको छ ।

जबसम्म विदेशी इशारामा अपुताली परेजस्तै गरेर विदेशी कठपुतली सरकार बन्ने प्रक्रिया बन्द हुँदैन, तबसम्म नेपालको उन्नति र प्रगति हुन सक्दैन । यहा“का दलालहरु हामी आफ्नो सरकार बनाउन हामी आफै सक्षम छौं भन्न सक्दैनन्, किनभने नुनको सोझो गर्नुपर्ने र गुण लगाउनु पर्नेछ । विदेशी हस्तक्षेपलाई खुल्लमखुल्ला आमन्त्रण गर्ने परिपाटी कहिले अन्त्य हुन्छ त अब, जबसम्म नेपाली जनता गाउँ–गाउँ, बस्ती–बस्तीबाट जाग्दैनन्, तबसम्म नेपालको उन्नति र प्रगति हुने सम्भावना छैन । एनजीओको नेटवर्कमा रहेका राजनीतिक पार्टीका हनुमानहरुलाई समेत कारबाहीको निशानाभित्र राख्नुपर्ने अवस्था आइसकेको छ, जसले नेपालको धर्मसंस्कार, परम्परा, राजनैतिक वैचारिक प्रणालीमा हस्तक्षेप गर्न र सधैंभरि तिनै दलाल सरकारको गुणगान गाइरहेका छन् । एनजीओलाई पारदर्शी बनाउने अभियान पनि छेड्नुपर्ने बेला आइसकेको छ । दुई ढुङ्गाबीचको तरूलजस्तो पवित्र नाम पाएको मुलुकलाई असंलग्न परराष्ट्र नीति अन्तर्गत रहेर सरकार परिवर्तनमा कुनै विदेशी हस्तक्षेप स्वीकार्य हुनसक्दैन भनेर कसले भन्न सकेको छ अहिलेसम्म । वर्तमान प्रधानमन्त्री ओलीको सरकार ढल्ने गाइँगुईं चलिरहेका बेला अर्काथरी पार्टीका नेताहरु विदेशी हस्तक्षेपलाई मनमनै गद्गद हु“दै त्वम् शरणम् गरिरहेका छन् ता कि सरकार अब उनको हातमा जाओस् । असंलग्न परराष्ट्र नीति नै विश्व भूराजनीतिक अवस्थामा अचुक अस्त्र हो भन्ने कुरा बुझेर पनि बुझेको देखाउन चाहिरहेका छैनन् यहा“का नेताहरुले ।

अहिले रूस–युक्रेन युद्ध, इजरायल–प्यालेष्टाइन, लेबनानबीचको युद्ध र नजानिदो तरिकाले यी युद्धहरुमा तानिदै गरको इरान, उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नेटो) र अमेरिकी भूमिका, यी युद्धलाई नजिकबाट नियालिरहेका खाडी मुलुकहरुको एकमत, भरखरै सिरियामा अपदस्थ सरकार र दक्षिण कोरियामा राष्ट्रपतिद्वारा लागू सैनिक शासनहरु विश्व भूराजनीतिको पछिल्लो परिदृश्य जहा“ शक्तिको बोलवाला छ, कुन ठाउ“मा गएर विश्वयुद्ध भड्किने भन्ने संशयले विश्व जनमत त्रसित अवस्थामा छ । यस्तो अवस्थालाई बुझेर पनि थाहा नपाएको जस्तो गर्ने सरकार र यस्तो चलखेल गर्न पाइरहने व्यवस्थाको औचित्य समाप्तिको दिशातर्फ अग्रसर भइरहेको छ । अब आउने सम्भावित परिस्थितिलाई टार्न नेपाली जनता चनाखो र तयारीमा लाग्नु पर्ने भइसकेको छ ।