श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल वैशाख १६ गते बुधबार, २९ अप्रिल २०२६, रौद्रनाम संवत्सर। वैशाख शुक्लपक्षको त्रयोदशी तिथि ८ः१३ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र हस्ता भोलि १२ः३४ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमा राशि कन्या, सूर्योदय ०५ः२६ बजे र सूर्यास्त ०६ः३६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

अरूको विरोधले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही चुनौतीहरू देखिनेछन्।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

काममा सोचेको फाइदा उठाउन नसकिएला। चिताएका काममा बाधा पु¥याउनेहरू प्रशस्तै हुनेछन्। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।  

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। राम्रो उपलब्धि हासिल हुनाले बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रतिष्ठित काम सम्पादन हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

पशुपालन तथा कृषिक्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन्। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

फाइदाको स्रोत पहिल्याउन सकिनेछ । तत्कालको फाइदा हेर्दा पछिलाई असर पर्न सक्छ ।   

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पहिलेका कमजोरी सुधार गर्न सकिनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। प्रतिष्ठित व्यक्तिको सहयोग जुट्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

टाढिएका आफन्त नजिकिनेछन्। समाजमा तारिफयोग्य काम गर्न सकिनेछ। परिवारमा आत्मीयता बढ्ने समय छ।  

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। मौका खोज्ने र समयमा जागरुक नबन्ने प्रवृत्तिले पछि परिनेछ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। लेनदेनमा अलि होसियार रहनुहोला।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।