विजयपुर । सुनसरी क्षेत्र नं. १ का सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै “यो शासन सेनाको हो कि जनताको?” भन्ने प्रश्न गरेका छन् । उनले राज्य सञ्चालनको वर्तमान अवस्थामाथि प्रश्नचिह्न खडा गरेका हुन् । हाल सुकुम्बासी लगत संकलनलगायतका विषयमा सेना सक्रिय भएको समाचार सार्वजनिक भएपछि सांसद राईले प्रश्न गरेका हुन् । उनले शासन सञ्चालनमा जनताको आवाजलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।