श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल वैशाख १५ गते मङ्गलबार, २८ अप्रिल २०२६, रौद्रनाम संवत्सर। वैशाख शुक्लपक्षको द्वादशी तिथि ०७ः१५ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र उत्तरफाल्गुनी १०ः५५ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि कन्या, सूर्योदय ०५ः२८ बजे र सूर्यास्त ०६ः३५ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। गुरुजन र सन्तानको सहयोग लाभदायी बन्नेछ।  

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

दुविधा उत्पन्न हुने हुँदा विशेष सजगता अपनाउनुहोला। योजना बनाएर गरेको कामले फाइदा हुनेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नयाँ काममा पनि आफन्तजनले साथ दिनेछन्। प्रयत्न गर्दा विश्वास नलागेको कामसमेत बन्न सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

बुद्धिको उपयोगले राम्रै उपलब्धि दिलाउनेछ। शुभचिन्तकहरू जुट्नाले उचित कर्मफल प्राप्त हुनेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सहयोगीहरूले साथ नदिए पनि केही काम सम्पादन हुनेछन्। प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै प्रतिफल पाइनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

विरोधीहरूले अवरोध पु¥याउन सक्छन्। आफ्नो सामानमा अरूले दाबी गर्नेछन् । परिस्थितिसँग सम्झौता गर्नुपर्ला।  

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अध्ययनमा प्रगति गर्दै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।