विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–१, हरैंचा चोकमा “निलकण्ठ फार्मेसी तथा डाग्नोष्टिक” सञ्चालनमा आएको छ ।
आइतबार फार्मेसीको उद्घाटन नगरप्रमुख केदारप्रसाद गुरागाईंले गरे । कार्यक्रममा नगरप्रमुख गुरागाईंले बिरामीलाई गुणस्तरीय औषधि उपलब्ध गराउन फार्मेसीको महत्त्वपूर्ण भूमिका हुने बताए । फार्मेसीका सञ्चालक दयाराम खवासका अनुसार फार्मेसीमा गुणस्तरीय औषधिसँगै स्वास्थ्यकर्मीमार्फत उपचार सेवा पनि प्रदान गरिनेछ । उनले प्रत्येक शनिबार विशेषज्ञ चिकित्सकबाट उपचार सेवा उपलब्ध गराइने र अन्य दिनमा एमबीबीएस चिकित्सकबाट स्वास्थ्य जाँच गरिने जानकारी दिए । उद्घाटन कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि तथा स्थानीय व्यवसायीहरूको उपस्थिति थियो । कार्यक्रममा वडा नम्बर–१ का अध्यक्ष रामविश्वास नौका, वडा अध्यक्ष प्रकाश श्रेष्ठलगायत सहभागी थिए ।