श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल वैशाख ११ गते शुक्रबार, २४ अप्रिल २०२६, रौद्रनाम संवत्सर। वैशाख शुक्लपक्षको सप्तमी तिथि ११ः०६ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र पुष्य ८ः११ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमा राशि कर्कट, सूर्योदय ०५ः३० बजे र सूर्यास्त ०६ः३३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

फजुल खर्च बढ्ने समय छ, होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

व्यवसायमा लगानी बढाउनुपरे पनि लागेको मूल्य उठाउन सकिनेछ। कर्जामार्फत् धन जुट्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आयआर्जनका स्रोत बढ्नेछन् । तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। रुचिका विषयमा लगानीसमेत बढाउन सकिनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

अरूको काममा जुट्नुपरे पनि फाइदा आफैलाई हुनेछ। समुदायको हितमा केही काम गर्न सकिनेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

विशेष जिम्मेवारी प्राप्त हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले मनमा हर्ष बढ्नेछ।