विजयपुर । झापा र मोरङका विभिन्न स्थानबाट प्रहरीले ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको टोलीले भद्रपुर नगरपालिका–८ बाट ४ ग्राम ९ सय ६० मिलिग्राम ब्राउन सुगरसहित भद्रपुर–१० का पवन खड्का र भद्रपुर–८ का रुमिलुङ राईलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले कन्काई नगरपालिका–३ का मेघराज दियालीलाई १ ग्राम ३२० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । सोही स्थानका कुर्वान अन्सारीलाई १ ग्राम ६८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मोरङको प्रहरी चौकी रमाइलोको टोलीले कानेपोखरी गाउँपालिका–६ बाट सुस्मिता लिम्बुलाई १ ग्राम ८३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ परेका पाँचै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।