श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल वैशाख २९ गते मङ्गलबार, १२ मे २०२६, रौद्रनाम संवत्सर। ज्येष्ठ कृष्णपक्षको दशमी तिथि ०३ः०७ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र पूर्वभाद्र भोलि ०१ः२९ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्योदय ०५ः१६ बजे र सूर्यास्त ०६ः४३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दिन उत्साहबद्र्धक रहनेछ। उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य लाभ हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ। अध्ययनमा पनि राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ। श्रमको उचित मूल्याङ्कन होला। आम्दानी पनि बढ्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काममा विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। महत्वाकाङ्क्षाले लक्ष्यमा पु¥याउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवसरसँगै चुनौतीसमेत देखा पर्नेछन्। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू प्रशस्तै हुनेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
होसियारीसाथ काममा जुट्नुहोला। शुभचिन्तकहरूले सामान्य सहयोग जुटाउनेछन्। कामको जिम्मेवारी बढ्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
हतारको निर्णय त्रुटिपूर्ण हुनसक्छ। अध्यात्मभाव जागृत हुनुका साथै धर्म–कर्म र परोपकारमा प्रवृत्त भइनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिबन्दले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सामान्य कामका लागि पनि दौडधुप गर्नु पर्नेछ।