काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले सोमबार राती नतिजा सार्वजनिक गरेको हो । ६५.९८ विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।

गत बर्ष ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । गत बर्षको तुलनामा ४ प्रतिशत बढि विद्यार्थी उत्तीर्ण भएका छन् ।  नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिएका थिए ।

एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले नतिजा पनि दुई महिना अगावै आएको छ । बोडृको क्यालेण्डर अनुसार असारमा नतिजा सार्वजनिक हुदैं आएको थियो ।