धनबहादुर पुरी तरहरा / विभिन्न मुद्धामा जिल्ला अदालत सुनसरीबाट दोषी ठहरीएका ५ हजार एक सय ३९ जना अभियुक्तहरु फरार रहेका छन । विभिन्न अपराधिक घट्नामा संलग्न ५ हजार बढि अपराधिहरुलाई प्रहरीको फरार अभियुक्त पक्राउ अभियानले उनीहरुलाई भेट्न सकेको छैन । नेपाल प्रहरी र जिल्ला अदालत सुनसरीले फरार अभियुक्त पक्राउ गर्ने टोली नै गठन गरेर हिडे पनि पाँच हजार अपराधि अझै पक्राउ पर्ने सकेको छैन । नेपालकै चर्चित हास्यकलाकार प्रकाश ओझाको नाम अहिले प्रहरीको फरार अभियुक्त सुचिमा छ । तर ओझा अहिले पनि विभिन्न सास्कृतिक कार्यक्रममा खुलेआम ढुलीरहेको भए पनि प्रहरीले पक्राउ गर्ने सकेको छैन । farar इटहरीकै कलाकार ज्योति खड्काको नुहाउदै गरेको बेलाको नग्न तस्बिर देखाएर प्रकाश ओझाले अस्लिल भिडियो बनाएको भन्दै मानव ओसार पसार तथा वेचविखानको मुद्धा अहिले पनि जिल्ला अदालत सुनसरीमा भए पनि उनी खुलेआम विभिन्न कार्यक्रममा हिड्ने गरेका छन । ओझा विरुद्ध अदालतमा दुईवटा मुद्धा करिब १० वर्षको सजाय सहित रहेको जिल्ला अदालत सुनसरीले जनाएको छ । शक्तिको आडमा अहिले पनि सुनसरीमा अधिकांस अपराधि चाडै पक्राउ पर्ने सकेको छैनन् ।त्यस्तै महेन्द्रनगर ५ का ठुला ब्यावसायी पर्शुराम दाहाल अहिले खुलेआम ब्यापार गदै आएको छन । २०४२ साल ८ महिना ३ गते स्थानीय युवतीलाई वलत्कार गरेको अभियोगमा जिल्ला अदालत सुनसरीले ५ वर्ष ८ महिना ३ दिन सजाय तोकेको दाहाल महेन्द्रनगरमै न्यू सप्तकोशी रिसोर्ट र चतरामा कुईन केवल नेटवर्क प्राली चलाउँदै आएको छन । दाहाल पनि फरार अभियुक्तको सुचिमा भए पनि हाल सम्म उनलाई प्रहरीले भेट्न सकेको छैन ।जिल्ला अदालत सुनसरीका अनुुसार फरार अभियुक्तहरुबाट ८ करोड,९२ लाख ८२ हजार ,२ सय ३८ रुपैयाँ जरीवना उठ्न बाँकी रहेको जिल्ला अदालतको श्रेत्र्रेदार इन्द्रकमल प्रधानले वताए । उनले भने पुराना मुद्धामा फरार रहेकाहरुलाई पक्राउ गर्न जिल्ला अदालतले टास्कफोर्स गठन गरेर एक वर्ष अघि देखि विशेष अभियान थालेको वताए । अदालतले विभिन्न मुद्धामा दोषी ठहर गरी फरार रहेका अपराधिहरुलाई टास्कफोर्सले फरार अभियुक्त खोज्ने काम गरीरहेको उनको भनाई थियो ।जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले फरार अभियुक्तहरु खेज्ने काम भईरहेको वताए । सुनसरीको मुद्धा चल्ने सबै इलाका प्रहरी कार्यलयहरुलाई दिईसकेको छौ उनले भने । पुराना अपराधिहरु खोज्दै अदालतमा वुझाउँने काम गरीरहेको छौ उनले थपे । इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर रामचन्द्र तिवारीले फरार अभियुक्तहरु खेज्ने कार्यले तिब्रता पाईरहेको वताए पनि इटहरीमै बस्दै आएको गायक ओझा भने पक्राउ परेका छैनन् ।