
-२०६४ सालमा डुङगा दुर्घटना, ३२ जना वेपत्ता -२०७० साल साउनमा डुङगा दुर्घटना,६ जना बेपत्ता -२०७३ असोज १ गते फेरी डुङका दुर्घटना,१३ जना बेपत्ता विजयपुर/माथि उल्लेखित तिन वटा घटनाका बेग्ला बेग्लै छानबिन समिती बने । छानबिन समितीको राय र जिल्ला सुरक्षा परिषदले तिनै पटक सप्तकोशी नदिमा डुङगा सञ्चालन गर्दा अनिबार्य लाईफ ज्याकेट प्रयोग गर्न र क्षमता भन्दा बढि यात्रु नबोक्न निर्देशन दिएको थिायो । तर प्रशासनले गरेको निर्णयलाई लत्याउदै ठेकेदारहरुले जथाभाबि डुङगा चलाउदा दुर्घटनाको जोखिम बढिरहेको छ । अनुगमन गर्ने निकार्य स्वमजिल्ला प्रशासन कार्यालयको पनि फितलो कार्यशैली र अनुगमनका कारण अहिले सप्तकोशी नदिमा डुङगा चडेर यात्रा गर्ने यात्रुहरु असुरक्षित यात्रा गर्न बाध्य भएका छन् ।
[caption id="attachment_22770" align="alignleft" width="525"]
सरकारी कार्यालयको छाप बिनै काटिएको रसिद । रसिदमा ‘सुरक्षाका लागि लाइफ ज्याकेटको पनि ब्यबस्था छ’ भनि उल्लेख गरिएको छ ।[/caption]
डुङगाको क्षमता भन्दा धेरै यात्रु बोक्ने र यात्रुलाई लाईफ ज्याकेट उपलब्ध नगराएकै कारण डुङगा दुर्घटना भएर मानबिय क्षति हुने गरेको निस्कर्श छानबिन समितीले तिनवटै घटनाका प्रतिबेदनमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालय सुनसरीलेपनि निर्देशन बिपरीत डुङगा सञ्चालन गर्ने ठेकेदारहरुलाई कारबाहि नगर्दा ठेकेदारहरुको मनोमानी बढ्न थालेको यात्रुहरु बताउछन् । गत असोजमा भएको डुङगा दुर्घटना पछि यात्रुहरुको अनिबार्य अभिलेख राखिने र जिल्ला प्रहरी कार्यालयले समेत त्यसको अभिलेख राख्दै अनुगमन गर्ने बताइएको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईले सुनसरी प्रहरीले यात्रुहरुको अभिलेख राख्ने र तत्कालका लागि ५० वटा लाईफ ज्याकेट प्रयोगमा ल्याईने बताएका थिए । तर अहिले सम्म अभिलेख राख्नका लािग कसैले सोधिखोजी नगरेको र लाईफ ज्याकेट पनि नदेखेको श्रीलङका टापुका सञ्जय चन्द्रबशींले बताए । ठेकेदारहरुले यात्रुलाई दिने टिकटमा ‘लाईफ ज्याकेटको ब्यबस्था भएको ’ भनि उल्लेख गरिएको छ ।
तर ब्लाष्टलाई प्राप्त सबुतमा लाईफ ज्याकेटको ब्यबस्था गरेको पाइएको छैन । ब्लाष्टलाई प्राप्त ४७९७ नम्मरको रसिदमा डुङगा सञ्चालन गर्न अनुमती दने निकायको छाप समेत प्रयोग गरिएको छैन ।सुनसरीको बराहक्षेत्र र महेन्द्रनगर गाबिसले सिसौलीबाट श्रीलङका टापु सम्म जानकालागि डुङगा ठेक्कामा लागएका छन् । तर गाबिसहरुलेपनि अहिले सम्म डुङगा सञ्चालन कसरी भईरहेको छ भनेर अनुगमन नगरेको यात्रुहरुको गुनासो छ ।
आर्थिक बर्ष २०७३÷७४का लागि सिसौली (तारघाट)बाट डुङगा चलाउन भोगेन्द्र भट्टराईले ठेक्का पारेका छन् । लाईफ ज्याकेट प्रयोग नगरिएको बिषय र क्षमता भन्दा बढि यात्रु बोकेको बिषयमा ठेकेदार भोगेन्द्र भट्टराईसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन । ठेकेदारले उपलब्ध गराएको रसिदमा उल्लेख गरिएका चार ओटा मोबाइल नम्मरमा सम्पर्क गर्दा आफुपनि ठेकेदारको पाटनर बताउने कुलबहादुर तामाङले लाईफ ज्याकेट प्रयोग गरिरहेको भन्दै पन्छिन खोजे । उनलाई लाईफ ज्याकेट प्रयोग नगरिएको प्रमाण ब्लाष्टसँग सुरक्षित भएको जानकारी दिनसाथ उनले आफुहरुलाई कारबाही गरेर देखाउन चुनौती दिए ।
सक्छौ भने कारबाहि गरेर देखाउ,हरौ कस्ले कारबाही गर्दो रहेछ’ उनले धम्कीपुर्ण शैलीमा भने बर्षौदेखि डुङगा चड्दै आउनेलाई किन चाहियो ज्याकेट ? जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी लिलानाथ पौडेलले डुङगा सञ्चालन गर्न डुङगा सञ्चालन हुने स्थानको प्राबिधिकरुपमा अध्ययन गर्ने र डुङगा सञ्चालन हुने अबस्था भए त्यहाँ सञ्चालनमा आउने डुङगाको यात्रु क्षमताका आधारमा यात्रुको बिमा गरेर मात्र सञ्चालन गर्नु पर्ने बताए । यदि डुगा सञ्चालन गर्न नमिल्ने ठाउमा अनिमती दिइएको भए सम्झौता गर्ने पक्षलाईपनि कारबाही गर्ने बताए । डुगा सञ्चालन गर्न मिल्ने ठाउमा ठेकेदारले लार्पबाही गरेको पाइए कुनैपनि हालतमा कारबाही गर्नै बताए । कानुन भन्दा माथि कोही छैन,कानुन बिपरीत काम गर्नेलाई कारबाही हुन्छ प्रजिअ पौडेलले भने ।यस बिषयमा स्थानिय प्रशासनको सहयोगमा तत्काल ‘एक्सन ’लिने बताए ।