dusty-तरहरा / इटहरी देखि विराटनगर सम्मको झण्डै १८ किलोमिटर सडक धुलाम्मे छ । इटहरीबाट विराटनगर सम्म पुग्न मोटरसाईकल यात्रीहरुलाई निकै सकस पर्ने गरेको छ । वर्षायाममा हिलाम्मे हुने यो हाईवेय अहिले धुलाम्मे भएका छन । खनार ,दुहवी र इटहरीका केहि भित्रि सडक सम्म अहिले हिडिसक्नु छैन । इटहरी देखि विराटनर सम्म पुग्ने मोटरसाईकलका यात्री धुलाम्मे हुने गरेका छन । मोटरसाईकलमा यात्रा गरेर गएको नागरीक विराटनगर पुग्दा धुलोले चिन्न नसक्ने गरी पुग्ने गरेको शनिवार दुहवीमा भेटिएका कोशी हरौचाका रिद्धि घिमिरेले वताए ।

सफा कपडा एकै छिनमा फोहोर मात्र भएन शरीर सबै धुलाम्मे भयो उनले भने । इटहरी देखि दुहवी सम्म आउँदा मेरो शरीरमा करीव एक केजी धुलो लागेछ उनले हास्दै भने । तरहराबाट विराटनगर विरामी हेर्ने पुगेका तरहराका वोडिङ स्कुलका शिक्षक अनिल अधिकारीले पनि विराटनगर सम्म पुग्न निकै सकस परेको सुनाए । उनले आफु सडकमा धुलाम्मे वनेको सुनाउँदै वर्षा याममा भन्दा पनि हिउँदमै समस्या परेको वताए । बाटो साहै समस्या रहेछ यस्तो छ भनेको थाहा भएको भए सार्वजनिक वसमा जान्थे उनले सडकको कन्तविजोक सम्झ्दै उनले थपे । तरहरा आपँगाछीका गोकुल गौलीले पनि आफन्त सँग मोेटरसाईकलमा पछाडी वसेर जाँदा समेत निकै समस्या भएको अनुभव सुनाए ।

जादा मोटरसाईकलमा विराटनगर नजिकै पुगेका गौली फर्कदा गाडीमा फर्केने सोचमा रहेको उनको भनाई थियो । बाटोमा धुलोले पुरै समस्या ल्याएको भन्दै बाटोको बिजोक भएको तर्क गरे । यो बाटो मोटरसाईलमा नहिडे हुन्छ स्वास्थ्य नै विग्रन्छ उनले भने । पिच भत्केर ठूलठूला खाडल बनेका छन् । त्यसमाथि बेपत्तासँग उडेको धूलोले नजिकको घरलाई नदेखिने गरी ढपक्कै ढाक्छ । पिच सडकमा पनि पाइलैपिच्छे जस्तो खाल्डो भएपछि दुर्घटना पनि बढेको छ । ‘पिच सडकको जति समय आयु हुनुपर्ने हो, त्योभन्दा धेरै चाँडै इटहरी नगरका भित्री सडकहरु धमाधम भत्केका छन इटहरी विराटनगर लाईनमा खुद्रा ब्यापार गदै आएकी सविता बजिमयोले भनिन् । पसलमा मुख थुनेर वस्नु पर्ने अवस्था आएको उनको भनाई थियो ।

पूर्व मन्त्री रामकुमार सुब्वाको घर आसपासका घरहरु समेत धुलाम्मे अवस्थामा छन उनले भनिन। हाईवेयको खाल्डाखुल्डी बाटो घाटो सँगै सडकहरु पूर्ण रुपमा धुलाम्मे देखिने गरेको सर्वसाधरणहरुले वताएका छन । हाईवेय मात्र हैन इटहरीको मुख्य चौक समेत अहिले धुलाम्मे हुन पुगेको सर्वसाधरणले वताएका छन । इटहरीको विराटनगरलाईनको बाटोहरु पूर्ण रुपमा जिर्ण बन्दा आसपसाको घरहरु समेत धुलाम्मे बन्ने गरेको इटहरी ८ का युवा नेता तथा टोल विकास समितिको अध्यक्ष विजय केसीले भने ।

घरमा दैनिक पाँच केजी धुलो निश्कन्छ उनले भने । सानो जनता स्कुल आसपासको क्षेत्रमा अहिले धुलोले हिडीसक्नु छैन उनले भने । दिपेन्द्र चौक हुदै प्रथामिक स्वास्थ्य केन्द्र अगाडी भएर कोशी लोकमार्ग निश्कने सडक अहिले हिडिसक्नु अवस्था छैन उनले भने ।