विजयपुर/धरानको भाुनचौकमा रहेको सार्बजनिक शौचालयको ढोकै अगाडि राखिएको फलफुल पसल हटाइएको छ । दुर्गन्धित अबस्थामा रहेको सार्बजनिक शौचालयको ढोकामै फलफुल बिक्रि हुने गरेको समाचार बुधबारको ब्लाष्ट दैनिकमा प्रकाशन भएको थियो । समाचार प्रकाशन भएपछि धरान उपमहानगरपालीकाले शौचालयको ढोकाबाट फलफुल पसल हटाएको हो ।

सार्बजनिक शौचालयको ढोकामै फलफुल पसल राखिदा जनस्वास्थ्यमा असर परेको भन्दै सरोकारवालाहरुले समेत चासो राखेका थिए । ब्लाष्टमा समाचार प्रकाशन भएपछि पत्रनै काटेर फलफुल पसल हटाइएको धरान उपमहानगरपालीकाका कार्यकारी अधिकृत बिष्णुप्रसाद कोइरालाले बताए ।

धरानमा अब्यबस्थीत रुपमा सडक पेटीमै फलफुल तथा तरकारी बिक्रि हुने गरेको भन्दै उपमहानगरपालीकाले त्यसलाई हटाउनकालागि पनि प्रकृया थालिएको बताए । खानेकुरालाई खुल्ला र असुरक्षित रुपमा बिक्रि गर्न पाईन्न,त्यसलाई ब्यबस्थित गरेर बिक्रि गर्नु पर्छ धरान उपमहानगरपालीकाका कार्यकारी अधिकृत बिष्णुप्रसाद कोइरालाले भने‘नगरबासीले पनि यस तर्फ सोच्नु पर्छ ।