धरान/सिके राउतलाई प्रहरीले जनकपुरबाट बिहीबार अपरान्ह तीनबजे पक्राउ गरेको छ । स्वतन्त्र मधेश भन्दै अभियान चलाउँदै आएका राउतलाई जनकपुरको माछाबजारस्थित डेराबाट प्रहरीले पक्राउ गरेको हो ।
[caption id="attachment_27545" align="alignnone" width="589"]

फाइल तस्बिर[/caption]
उनलाई सिराहा प्रहरीको आग्रहमा नियन्त्रणमा लिएको जनकपुर प्रहरीले जानकारी दिएका छ । पक्राउ परेका उनलाई सिरहा ल्याइएको छ । केही दिन अघि सिराहाको एक सार्वजनिक कार्यक्रममा देश टुक्रयाउने लगायतको अभिव्यक्ति दिएका थिए ।
उनलाई सोही अभिव्यक्तिको आधारमा पक्राउ गरिएको हुन सक्ने अड्कल काटिएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाले अनुसन्धानको लागि पक्राउ गरी पठाइदिनु भनेर आएको अनुरोधको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख लालमणी आचार्यले बताए ।
सिराहा घर भए पनि राउत केही सयमयता जनकपुरमा बस्दै आएका थिए । उनी यस अघि पनि बारम्बार पक्राउ पर्दै छुट्दै आइरहेका छन् ।