तस्विर : धनबहादुर पुरी[/caption]
तरहरा/ इटहरीलाई प्रदेश नम्वर एकको प्रादेशिक राजधानी बनाउँन माग गदै इटहरीमा नागरीकहरुले शनिवार वृहत शान्ती र्याली प्रर्दशन गरेका छन । राजधानी सरोकार समाज इटहरीको अगुवाईमा इटहरी वृहत शान्ती र्याली प्रर्दशन भएको हो ।
प्रदेश नम्वर एकको राजधानी विराटनगर,धनकुटा लगायतका शहरहरुले समेत दावी गरीरहेको वेला इटहरीले भने जनदवाव र कारण सहित इटहरीलाई राजधानी बनाउँन माग गदै इटहरीका विभिन्न सामाजिक संघ संस्था देखि सबै निकाय सकडमा निश्किएर शान्ती र्याली प्रर्दशन गरेका हुन । कार्यक्रममा बोल्दै नेपाली काग्रेसका युवा नेता तथा सुनसरी क्षेत्र नम्वर २ का का उमेदवार हेमकर्ण पौडेलले सरकारले इटहरीलाई प्रदेशको राजधानी बनाउँनु पर्ने माग गरे । उनले आफु जिते पनि नजिते पनि इटहरीलाई प्रदेशको राजधानी बनाउँन अहम भुमिका खेल्दे वताए ।
बामगठबन्धनका तर्फबाट एमालेका क्षेत्रनम्वर २ का उमेदवार सर्बध्वज साँवाले आफुलाई इटहरीका जनताले चुनावमा जिताए प्रदेशको राजधानी बनाउँने प्रतिवद्धता जनाएका थिए । त्यस्तै बाम गठबन्धनका सुनसरी क्षेत्रनम्वर २ का प्रतिनिधि सभाका उमेदवार डमरु सुवेदीले इटहरी प्रदेशको राजधानी हुन उपयुक्त शहर रहेको भन्दै यसका विकल्पमा नसोच्न आग्रह समेत गरे । उनले भने इटहरी प्रादेशिक राजधानी बनाउँन उपयुक्त छ ।
त्यस्तै एमाले नेतृ तथा बामगठबन्धनका तर्फबाट सुनसरी क्षेत्रनम्वर ३ की प्रतिनिधि सभाकी उमेदवार भगवती चौधरीले भने इटहरीलाई राजधानी वनाउँन आफु लागी पर्ने वताईन । त्यस्तै नागरीक सरोकार समाजका अगुवा शैलेश विष्टले इटहरीलाई राजधानी बनाउँन आफुहरु शान्ती पूर्ण दवाव गदै जाने वताए । इटहरी सबै क्षेत्रका बासीन्दाका लागी उपयुक्त र भैतिक तथा यातायाताका हिसावले अगाडी रहेको उनको दावी थियो ।
शान्ती र्यालीमा इटहरीका एक हजार भन्दा बढि मानिसहरुको उपस्थित रहेको थियो । विभिन्न प्ले कार्ड सहित आएका सर्वसाधरण नागरीकहरुले इटहरीलाई राजधानी बनाउँ भन्दै नाराबाजी समेत गरेका थिए । यस अघि इटहरीलाई प्रदेशको राजधानी बनाउँन माग गदै इटहरीमा इटहरीका भूपू लाहुरेहरुले मोटरसाईकल र्याली सहित प्रर्दशन गरेका थिए भने नागरीक समाज इटहरीले बौद्धिक बहष चलाएको थियो ।
प्रदेश नम्वर एकको राजधानी इटहरीमा हुदा मन्त्रालयका लागी जग्गा जमिन समेत प्रशस्त रहेको कारण सरकारलाई आर्थिक भारबाट कटौती गर्ने समेत इटहरी राजधानी हुने वताउँदै इटहरी बासीले इटहरीलाई राजधानी माग गदै आएका छन । राजधानीको लागी क्षेत्रीय अनुसन्धान कृषि केन्द्र र जुटविकासको सयौ विगाह जमिनलाई प्रयोग गर्न सकिने इटहरीबासीको निश्कर्ष छ ।