इटहरी / निजी तथा आवासीय विद्यालयको संगठन (प्याब्सन) सुनसरीले विद्यार्थी माझ भएको गायन प्रतिभालाई प्रष्फुटन गराउने उदेश्यले शुक्रबारबाट प्याब्सन सिङगिङ आइडलको आयोजना गरेको छ ।सो प्रतियोगितामा सुनसरी जिल्लाभरबाट आइडलको पहिलो चरणमा ५ सय बढि बिद्यार्थिहरुले भाग लिएको कार्याक्रम संयोजक प्याबसन सुनसरीका जिल्ला उपाध्यक्ष एवम कार्याक्रम संयोजक ज्ञानेन्द्र दाहालले बताए । बिद्यार्थिहरु माझ भएको गायन प्रतियोगितालाइ प्रस्फुटन गर्ने उदेश्यले उक्त आइडलको आयोजना गरिएको प्याबसन सुनसरीका अध्यक्ष सुमित थापाले बताए ।
वार्षिक कार्यक्रम बनाई यस वर्षबाट सो कार्यक्रमको थालनी गरेको आयोजक प्याव्सन सुनसरीले जनाएको छ । प्रतियोगिताका बिजेतालाइ रनिगं शिल्ड तथा प्रमाणपत्र बितरण गरिने जनाइएको छ ।