इटहरी/ स्वदेशी लघुबित्त बित्तिय सस्था लिमिटेडको तेस्रो बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

यस आर्थिक बर्षमा सस्थाले २ करोड ४० लाख मुनाफा गर्न सफल भएको समेत सो अवसरमा जानकारी दिइयो । साधारणसभामा सस्थाका प्रमुख कार्यकारी अधिकृत पुन्यप्रसाद खानिया,सहायक महाप्रबन्धक राजेन्द्रप्रशाद न्यौपाने समेतले सस्थाका गतिविधी बारे जनकारी गराएका थिए ।

अध्यक्ष जोशीले सस्थालाइ आगामी दिनमा मजबुत बनाउद लैजानका लागि भाबि निति तथा कार्याक्रमहरु समेत प्रस्तुत गरेका थिए । जोशीले अबको २ बर्ष भित्रमा देशभर रहेका ६५ ओटै शाखाहरुलाइ थप ब्यावस्थित गरि ब्यावसायिक बनाउने कुरामा जोड समेत दिएका थिए ।

साधारणसभाले १ करोड ५० लाख रुपैया बोनस सेयर बाढने समेत निर्णय गरेको छ ।