शनिश्चरे/भारतको उत्तरप्रदेशमा आयोजना हुने ‘अन्तरराष्ट्रिय तथागत सृजन सम्मान २०१७’ बाट नेपालका ७ जना साहित्यकार सम्मानित हुने भएका छन् ।

उत्तरप्रदेशको इटवा सिद्धार्थनगरस्थित सिद्धार्थ तथागत कला साहित्य संस्थानको आयोजनामा हुने विशेष कार्यक्रमका लागि मोरङ पथरीशनिश्चरेका ब्लाष्टकर्मी साहित्यकार, पत्रकार एवम् कलाकार भूपेन्द्र तिम्सिना सहित सम्मानित हुने भएका हुन् । आइतबार हुने कार्यक्रममा, काठमाडौंका डाक्टर रघुवीर शर्मा, जनाद अब्दुल मोबिल खाँ, मोरङकी गंगा सुवेदी, नेपालगञ्जका सनत रेग्मी, ऋचा लुइटेल र शान्ति अधिकारी समेत सम्मानित हुनेछन् ।

सम्मान ग्रहणका लागि सर्जक तिम्सिनाका साथै नेपालीभाषी साहित्यकार सिक्किमकी जीविका खतिवडा अश्रु, जयन्ती मुखिया, दार्जीलिङकी शोभा लिम्बू, लतिका जोशी, उर्मिला घिसिङ सहितको टोली शनिबार त्यसतर्फ लागेको छ ।

कार्यक्रममा, नेपालका साथै भारतको सिक्किम, दार्जीलिङ, लखनउ, वनारस, छत्तिसगढ, दिल्ली, पञ्जाव, गुजरात, आसाम, राजस्थान, पटना तथा भूटान सहितका विभिन्न भाषाका साहित्यका ज्ञाता तथा सर्जकहरु समेत सम्मानित हुने संस्थाका अध्यक्ष डाक्टर भास्कर शर्माद्धारा जारी निमन्त्रणापत्रमा उल्लेख छ ।