सोलुखुम्बु/ विद्युतीय मिलमा च्यापिएर सोताङमा एक युवती गम्भीर घाइते भएकी छन्।
सोताङ गाउँपालिका १ निवासी १७ वर्षीया लक्ष्मी कार्की मिलमा च्यापिँदा घाइते भएको प्रहरी निरीक्षक प्रदुम्न अधिकारीले जानकारी दिए। कार्कीलाई शनिबार बिहान स्थानीय नीरकुमार राईले सञ्चालन गरेको मिलमा धान कुट्न जाँदा मिलले च्यापेको हो। कपाल बेरेर सख्त घाइते भएकी कार्कीको टाउकोमा गहिरो चोट लागेको छ।
उनलाई तत्काल उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ।