धरान /  क्याम्पसको जग्गा भूमाफियाहरुले हडप्न लागेको भन्दै महेन्द्र वहुमुखी क्याम्पस धरानका विद्यार्थीहरुले बुधबार -याली निकालेका छन् । धरान ११ स्वास्तिक चौकमा क्याम्पसका स्वामित्वमा रहेको जग्गामा एक्कासी मोहियानी हक दाबी गर्ने मानिस अाए पछि क्याम्पस जग्गा बचाउ संघर्ष समिति नै गठन गरे आन्दोलना उत्रिएका हुन । उनीहरुले आज धरान उपमहानगरपालिकालर्ई ज्ञानपपत्र समेत बुझाएका छन् ।

संघर्ष समितिका सचिव एवम स्ववियु सविच दोर्ची शेर्पाले धरान उपमहानगरपालिकाका कावा प्रमुख नरेश इवारम र प्रमुख प्रशासकीय अधिकृत विनोद पोख्रेललाई ज्ञापनपत्र बुझाउदै उपमहानगरपालिकाले भूमाफियालाई सहयोग हुन किसिमले काम गरे विद्यार्थीहरु जस्तोसुकै आन्दोलन चर्काउन पछि नपर्ने चेतावनी दिएका थिए । शेर्पाले क्याम्पसको जग्गा सार्वजनिक जग्गा भएकोले स्थानीय सरकारले यसको संरक्षण गर्नु पर्नेमा उल्टै सिफारिस दिएर भूमाफियालाई सहयोग हुने खालको काम गरेका आरोप समेत लगाए ।
जग्गा बचाउ अभियान संघर्ष समिति गठन गरेसंगै चरणवद्ध आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले अहिले आफूहरुले शान्तिपूर्ण ¥यालीको आयोजना गरेको र यसलाई सामान्य ठान्ने प्रयास गरिए बन्द हड्तालसम्मका कार्यक्रमलाई अगाडि सार्ने संघर्ष समितिका संयोजक सरगम सागर चेम्जोङले चेतावनी दिए । क्याम्पसको स्ववियु सभापति समेत रहेका चेम्जोङले कुनै पनि हालतमा क्याम्पसको जग्गा व्यक्तिको नाममा लानै नहुने बताए ।

आक्रोसित विद्यार्थीहरुले बुधबार नारा जुलुुससहित ¥यालीको आयोजना गरेका थिए । उनीहरुले नक्कली मोही चाहिदैन, धरानका जनता एक हौ, जग्गा दलाल होसियार, सार्वजनिक सम्पतिको सुरक्षा गरौ, स्थानीय सरकार होसियारलगायतका नारा लेखिएको व्यानर बोकेका थिए । क्याम्पस प्रांगरण धरान १० बाट निस्केको -याली धरान उपमहानगरपालिकामा पुगेर त्यहा ज्ञापनपत्र बुझाउदै भानुचौकमा आएर कोणसभा गरेका थिए ।

वास्तविक मोही डम्बरबहादुर र उनकी श्रीमति मृत्यु भइसकेको अवस्थामा डम्बरबहादुरका माइला छोरा यज्ञबहादुरले गत कार्तिक १५ गते आफु हकवाला भएकोले मोही नामसारी गर्न वडा नं ११ कार्यालयमा निवेदन दिएका थिए । सोही निवेदका आधारमा वडा कार्यालयले पनि क्याम्पसको उपस्थिति विना सर्जि्मन मुचुल्का गरेर सिफारिश दिएको थियो । क्याम्पसले २०३४ साल असार २ मा श्यामगोविन्द श्रेष्ठको नाममा भएको धरान ११, पानीटंकी स्वास्तिका चोकमा १७ कठ्ठा १८ धुर जमिन खरिद गरको थियो । यता उपमहानगरपालिकाले निवेदन पछि अन्यको हकदावीका लागि सूचना प्रकासित गरे पनि क्याम्पस नआउदा बाध्य भएर सिफारिस दिनु परेको बताउदै आएको छ ।