धनकुटा /  धनकुटा नगरपालिका ७ घर भएका १२ बर्षीय वालक हेलिज डंगोल वुधवार अपहरण हुनबाट बालबाल बचेका छन् ।
उनलार्इ अपरिचत युवाले मुखमा माक्स लगाएर अपहरण गर्ने प्रयास गरेका थिए । उनी स्गथानीय तमोर भ्याली सेकेण्डेरी वोर्डिङ्ग स्कुलमा कक्षा ३ मा अध्ययनरत डंगोललाई विद्यालय परिसरबाटै एक अपरिचित व्यक्तिल दिदि स्वास्तिका विराटनगरमा दुर्घटनामा परि आईसियुमा राखेको छ तिमीलाई लिन आएको भनी भनेका थिए ।
तर शिक्षिका गीता खत्रीले अभिभावकलाई बुझेर आफै पठाई दिने जवाफ दिएकी थिइन । ।
विद्यालायकी संचालिका देविका लुईटेलसंग अनुमती लिएर मात्र लाने शिक्षिका खत्रीले वताईन । अनुमति पछि ती अपरिचत युवालाई स्कुटीमासँगै राखेर घर जाँदै गर्दा ती अपरिचित भने विच बाटोमै स्कुटी रोक्न लगाएर फरार भएको शिक्षिका खत्रीले जानकारी दिइन ।

वालकको झोला बोकेका ती युवाले मदन चोक स्थित पौडेल होटेलमा छोडेका थिए । त्यस पछि शिक्षिकाले अभिभावकसँग सम्पर्क गरे पछि ती युवा अपहरणकारी भएको पत्ता लगेको थियो ।
हेलिजका वुवा राजकुमार डंगोलले आफ्नो वच्चालाई विद्यालयवाटै अपहरण गर्न खोज्नेलाई कार्वाही गर्न स्थानिय प्रशासनसंग माग गरेका छन् । उनले वुधवार नै घट्नाको विषयमा विद्यालयसँग समन्वय गरेर जिल्ला प्रहरी कार्यालयमा जाहेरी समेत दिएका छन ।
शिक्षिका खत्रीकाे स्वविवेकले ती वालक अपहरणबाट जोगिएका छन् । घट्ना पछि ती युवाको प्रहरीले खोजी शुरु गरेको छ ।