धरान / धरान–१० स्थित युएन स्कुलका विद्यार्थीको सिर्जनशील क्षमताको विकास गर्ने उद्देश्यले विज्ञान प्रदर्शनी आयोजना गरिएको छ । प्रदर्शनीमा अभिभावक, विद्यार्थीले अवलोकन गरेका छन् ।

स्कुल प्राङ्गणमा आयोजना गरिएको प्रदर्शनीको धरान–१० का वडाध्यक्ष श्रीप्रसाद लिम्बूलेउद्घाटन गरेका थिए । शुक्रबार विद्यार्थीद्वारा निर्मित विज्ञान तथा कला प्रदर्शनीमा आयोजना भएको हो । कार्यक्रममा युएन कलेजका अध्यक्ष ज्ञानेश्वर झा, युएन कलेजका प्रमुख डम्बरकुमार तुम्बापो, युएन कलेजका होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगन श्रेष्ठलगायतको उपस्थिति थियो ।
प्रदर्शनीमा विद्यार्थीहरुद्वारा आकर्षक घण्टाघर, बोटानिकल गार्डेन, रोबोट, विज्ञानसम्बन्धी विभिन्न सामग्री, खेती किसान र घरमा आवश्यक विभिन्न सामग्री साथै परम्परागत सामग्रीतयार गरेका थिए । आफ्ना छोराछोरीहरुले र्सर्जना गरेको सीप हुर्न अभिभावकहरुसमेत पुगेका थिए ।
कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीले निर्माण गरेका विभिन्न सिर्जनाका करिब ३५ भन्दा बढी स्टल राखिएका थियो ।  स्कुलका अध्यक्ष डम्बरकुमार तुम्बापोले विद्यार्थीको क्षमता विकासका लागि यस्तो कार्यक्रम आयोजना गरिएको बताए । ‘