धरान / संघिय समाजवादी फोरम पार्टीको भातृ संगठन संघिय युवा फोरमको सुनसरी अध्यक्ष श्री सुब्बा पक्राउ परेका छन् ।

शनिवार राती मापसे गरेर राती को ९ प १०२९ नं. को गाडी दुर्घटना गरेर मोटरसाईकल सवार दुईलाई घाइते बनाएका थिए । मोटरसाइकलमा रहेका धरान–५ देउरालीका २० वर्षिय का गौरब राजधामीको तिघ्रा भाँचिएको र धरान–१५ श्यामचोकका रोहित राईको छातिमा असर परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले बताए । उनीहरुको उपचार अहिले धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।

मापसे गरि कार दुर्घटना गरे पछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनको चालक अनुमति पत्रसमेत नभएको प्रहरीले जनाएको छ ।