धरान  / धरान–७ का श्री सूब्बाले चलाएको बा ७ च ६७३१ नं. को कारको ठक्करबाट घाइते मोटरसाइकल चालकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।  

उनी संघीय समाजवादी फोरम पार्टीको भातृ संगठन संघीय युवा फोरमको सुनसरी अध्यक्ष समेत हुन । श्री सुब्बाले राती ११ बजे को ९ प १०२९ नं. को मोटरसाईकलमा सवार दुई जनालाई घाइते बनाएका थिए । मापासे गरेर दुर्ङटना गरेकाे प्रहरीले जनाएकाे छ ।
धरान–५ देउरालीका २० वर्षीय गौरब राजधामी र धरान –१५ श्यामचोकका रोहित राई रहेका छन् । राजधामीको तिघ्रामा गम्भीर चोट लागेको डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । पानवारी तिर जादै गरेको मोटर साइकललाई श्रीले ठक्कर दिएका थिए । इलाका प्रहरी कार्यालय धरानका डिएसपी तिम्सिनाका अनुसार सुब्बाले अत्याधिक मादक पदार्थ सेवन गरेका थिए । उनीसँग सवारी चालक अनुपति पत्र पनि नभएको प्रहरीले बताएको छ । अनुमति पत्र लिने प्रक्रियामा रहेको प्रहरीले बताएको छ । घट्नाबारे म्याद गरि थप अनुसन्धान गरिने डिएपी तिम्सिनाले जानकारी दिए ।