Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • विशेष
  • नेकपा चियापन: जे देखियाे कार्यक्रम स्थलमा

नेकपा चियापन: जे देखियाे कार्यक्रम स्थलमा

alt
  • असोज २९, २०७६
  • प्रकाश सिलवाल / शरद शर्मा
काठमाडाै / ‘ओहो, नमस्ते, सञ्चै हुनुहुन्छ ?’ धेरै भयो भेटघाट नभाको ! भेट्न पनि चियापन कार्यक्रम आयोजना हुनुपर्ने रहेछ...।’ जम्माभेटसँगै नमस्ते वा अभिभावदन आदानप्रदानपछि भृकुटीमण्डपको चउरमा दिनभरजसो यस्ता दृष्य र संवाद सुनिएका थिए । उनीहरु भेटेपछि ‘दसैँ कस्तो भयो ?, स्वास्थ्य कस्तो छ ?’ जस्ता व्यक्तिगत र पारिवारिक कुराकानी पनि गरेको देखिन्थे । त्यतिले नपुगेर सामूहिक तस्बिर खिचाउन पनि उनीहरु जुटेका देखिन्थे । कोहीकोही पनि शीतल चौतारी खोजेर आराम गर्दै बदाम खाँदै आपसमा गफिँदै थिए ।
सधैँको व्यस्तता छाडेर नेपाली कहिलेकाहीँ राजनीतिक र सामाजिक भेटघाटमा प्रायः रमाउँछन् । त्यसमा पनि सक्रिय राजनीतिमा लागेकाहरुका लागि त राजनीतिक गतिविधि र चियापान कार्यक्रमले उनीहरुमा ऊर्जा दिन्छ । चाडपर्व र संस्कृति सम्पन्न नेपालमा राजनीतिक गतिविधि न्यून बनाएका बेला राजनीतिक दलले आयोजना गर्ने शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमले नेता, कार्यकर्ता र सर्वसाधारणमा आपसमा मिलेर देशको विकास र समृद्धिमा लाग्ने नयाँ सन्देश पनि मिल्दै आएको छ ।
दशैँको कोजाग्रत पूर्णिमाको दिन प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले आयोजना गरेको चियापान कार्यक्रमले पनि त्यस्तै प्रकारको राजनीतिक सन्देश दिएको थियो भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको चियापानले त्यसलाई निरन्तरता दिएको छ । नेपालको राजनीतिमा बिपी कोइरालाले भारतबाट विसं २०३३ मा स्वदेश फर्केपछि एकता र मेलमिलापका लागि यस्तो चियापानको आरम्भ गरेका थिए भने विसं २०४६ मा बहुदलीय प्रजातन्त्रको स्थापनापछि तत्कालीन नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारीले बडादशैँका अवसरमा चियापान कार्यक्रम आयोजना शुरु गरेका थिए । पछि अन्य दल र सामाजिक संस्थाले पनि यस्ता कार्यक्रम गर्दै आएका छन् । तत्कालीन एमाले र नेकपा (माओवादी केन्द्र) बीच २०७४ जेठ ३ गते एकतापछि नेकपाको यस वर्ष दोस्रो चियापान कार्यक्रम हो ।
नेकपाका नेता तथा पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीले चियापानले नेता र कार्यकर्ताबीच भेटघाटको अवसर जुराउनाका साथै आपसी सद्भाव र सहकार्य प्रदान गरेको बताइन । उनले पार्टी एकता भएपछि दोस्रोपटक भएको चियापानमा पार्टीबीच अन्तरघुलनको मौकासमेत प्रदान गरेको बताइन ।  “एकतापछि यस्ता कार्यक्रम बिरलै भएका छन् । चियापानले एकतालाई अझ मजबुत बनाउँछ”, उनले भनिन ।  “चियापानमा पनि धेरैपछि एकै ठाउँमा नेता र कार्यकता भेट भएर शुमकामना आदानप्रदान गरियो र पार्टी एकताका कामलाई चाँडो टुङ्ग्याउन नेतहरुलाई आग्रह गरियो ।” गृहजिल्ला सप्तरीमा काम भए पनि चियापानका लागि काठमाडौँ बस्नुभएका पूर्वसांसद रञ्जुकुमारी झा ठाकुरले चियापान हुनु आफैँमा सकारात्मक भएको कार्यक्रमको व्यवस्थापन रामै्र भएको जनाए । “ठूलो सङ्ख्यामा रहेका सहभागीलाई युवा स्वयंसेवकले मेहनत गरेर व्यवस्थापन गरेको पाइयो । यसले सौहार्दपूर्ण वातावरण निर्माण गरेको छ । यसको निरन्तरता हुनुपर्छ”, उहाँले भन्नुभयो । राष्ट्रिय युवा सङ्घका संयोजक रामप्रसाद सापकोटाले धेरैपछि नेता र कार्यकर्ताबीच यस प्रकारको भेटघाट भएको जनाउँदै चाडपर्वले एकताको सन्देश दिएको प्रतिक्रिया दिए । उनले चियापनले नेकपा, नेपाली काङ्ग्रेस र मधेशवादी दलका नेतालाई एकै ठाउँमा उपस्थित गराएर एकताको सन्देश दिएको बताए ।
दिउँसो १२ बजेदेखि शुरु हुने निर्धारण भएको चियापान कार्यक्रमका लागि सोभन्दाअगावै नेता कार्यकर्ताको आगमन शुरु भइसकेको थियो । प्रवेशद्वारमा पार्टीका विभिन्न नेता एवं सांसदसहितले सहभागीलाई उभिएर स्वागत गरे । बनाइएको मञ्चमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेतासँगै रहेर स्वागत गरे ।
अध्यक्ष ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, सचिवालय सदस्य ईश्वर पोखरेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य रामबहादुर थापा, महासचिव विष्णु पौडेल, पूर्वसभामुख सुवास नेम्वाङलगायत साँझ करीब ५ बजेसम्मै रहे ।
खचाखच उपस्थिति रहेको कार्यक्रममा मञ्चको पछाडिको चौरमा शुभकामनाको ब्यानरसहित नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र जननेता मदन भण्डारीको ठूलो तस्वीर राखिएको थियो, जहाँ पुगेर तस्वीर खिचाउनेको पनि भीड देखिएको थियो । ठाउँठाउँमा पार्टी अध्यक्षद्वय ओली र प्रचण्डको तस्वीर अङ्कित होडिङ बोर्ड र कम्युनिष्टको अन्तर्राष्ट्रिय चिह्न हँसिया हथौडा र नेकपाको चनाव चिह्न सूर्यमा पनि तस्वीर खिचिएको थियो । 
चियापनमा सहभागी हुनेलाई खजुरी, निमकिन, मिठाइ र केराले खुवाइएको थियो । कार्यक्रममा भित्र प्रवेश गर्न र बाहिर निस्कन फरक–फरक द्वारको व्यवस्था गरिएको थियो । कार्यक्रममा काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, सङ्घीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा माओवादी (क्रान्तिकारी) का नेता सिपी गजुरेल, मन्त्री तथा सांसद, संवैधानिक अङ्गका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारी, साहित्यकार, कलाकार, पत्रकार र सर्वसाधारणको उपस्थिति थियो ।
चियापानकै मौका पारेर कम्युनिष्ट आन्दोलन र विभिन्न विषयसँग सम्बन्धित पुस्तक पनि बिक्री वितरण गरिएको थियो । माओत्सेतुङ, पुष्पलाल, मदन भण्डारी, मोदनाथ प्रश्रितलगायतका पुस्तक सजाइएको थियो । पुस्तक मात्र होइन अल्लोको कपडासमेत बिक्री वितरणका लागि राखिएको थियो । कोट, टोपी, जुहारीलगायतका कपडासमेत नेता कार्यकर्ताले किनेका थिए । विशिष्ट पाहुनालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नेता वामदेव गौतम, महासचिव विष्णुप्रसाद पौडेल, प्रवक्ता नारायाणकाजी श्रेष्ठ र सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’, स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यलगायतले स्वागत गरेका थिए । (रासस)
सम्बन्धित समाचार
खैरो हिरोइनसहित चार जना पक्राउ

विजयपुर । सुनसरीमा लागू औषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले खैरो हिरोइनस ...

व्यवसायी शेखर गोल्छा पक्राउ

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष एवम् नेपाल उद् ...

मुटु अस्पताललाई ३० दिनभित्र जग्गा खाली गर्न ‘अल्टिमेटम’

विराटनगर । विराटनगरस्थित ‘शैलजा आचार्य प्रादेशिक अस्पताल तथा हृदय रोग केन्द ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
खैरो हिरोइनसहित चार जना पक्राउ
वैशाख ११, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ
वैशाख ११, २०८३
मुटु अस्पताललाई ३० दिनभित्र जग्गा खाली गर्न ‘अल्टिमेटम’
वैशाख ११, २०८३
मधेस प्रदेशको समस्याप्रति गम्भीर बन
वैशाख ११, २०८३
आजको राशिफलः २०८३ साल वैशाख ११ गते शुक्रबार
वैशाख ११, २०८३
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने पूर्वानुमान
वैशाख ११, २०८३
वैशाख ११ : लोकतन्त्र दिवस
वैशाख ११, २०८३
सञ्चारमन्त्री मन्त्री डा. तिमिल्सिना र पत्रकार महासङ्घबीच छलफल
वैशाख १०, २०८३
नारद दाहाल बने ‘महिना उत्कृष्ट ट्राफिक प्रहरी’
वैशाख १०, २०८३
धरानमा ब्राउन सुगरसहित एक युवक पक्राउ
वैशाख १०, २०८३
वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन
वैशाख १०, २०८३
हात्ती प्रभावित क्षेत्रका विद्युतीय घेराबारा दशकपछि मर्मत गरिने
वैशाख १०, २०८३
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिः श्रम संस्कृति पार्टी
वैशाख १०, २०८३
चार जिल्लाबाट ब्राउन सुगरसहित ८ जना पक्राउ
वैशाख १०, २०८३
संघीय सरकारको निर्णयको अवज्ञाः खोटेहाङले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
वैशाख १०, २०८३
खैरो हिरोइनसहित चार जना पक्राउ
वैशाख ११, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ
वैशाख ११, २०८३
मुटु अस्पताललाई ३० दिनभित्र जग्गा खाली गर्न ‘अल्टिमेटम’
वैशाख ११, २०८३
मधेस प्रदेशको समस्याप्रति गम्भीर बन
वैशाख ११, २०८३
आजको राशिफलः २०८३ साल वैशाख ११ गते शुक्रबार
वैशाख ११, २०८३
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने पूर्वानुमान
वैशाख ११, २०८३
वैशाख ११ : लोकतन्त्र दिवस
वैशाख ११, २०८३
सञ्चारमन्त्री मन्त्री डा. तिमिल्सिना र पत्रकार महासङ्घबीच छलफल
वैशाख १०, २०८३
नारद दाहाल बने ‘महिना उत्कृष्ट ट्राफिक प्रहरी’
वैशाख १०, २०८३
धरानमा ब्राउन सुगरसहित एक युवक पक्राउ
वैशाख १०, २०८३
वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन
वैशाख १०, २०८३
हात्ती प्रभावित क्षेत्रका विद्युतीय घेराबारा दशकपछि मर्मत गरिने
वैशाख १०, २०८३
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिः श्रम संस्कृति पार्टी
वैशाख १०, २०८३
चार जिल्लाबाट ब्राउन सुगरसहित ८ जना पक्राउ
वैशाख १०, २०८३
संघीय सरकारको निर्णयको अवज्ञाः खोटेहाङले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
वैशाख १०, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क