Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • विशेष
  • कात्तिकले ल्यायो डोम समुदायमा खुशी

कात्तिकले ल्यायो डोम समुदायमा खुशी

alt तस्बिर : गुगल
  • कार्तिक ५, २०७६
  • रासस

महोत्तरी । घरआँगनमा आइपुगेका अतिथिसँग मुखको बोलीले शिष्टाचार निभाई रहे पनि प्रगाश मरिकको हात भने कप्टेरा उन्दै छिटी बनाउनमै ब्यस्त छ । मुखमा आएको दीपावली र छठ पर्वमा माग भएका बाँसको चोया र कप्टेराले बन्ने डाली, छिटी, नाङ्लो–चाल्नो, पङ्खा, कोनियाँ र अन्य खेलौंना तयार गर्न भ्याइनभ्याई परेपछि प्रगाशसहितका महोत्तरीका सबैजसो गाउँ/नगर बस्तीका डोम समुदायको ब्यस्तता बढेको हो ।

महोत्तरीको भङ्गाहा नगरपालिका–५ सिद्धपुर बस्तीको मुखमै सानो खरले छाएको झुप्रो प्रगाशको घरसंसार हो । दशैं सिद्धिएर कात्तिक कृष्णपक्ष शुरु हुनासाथ प्रगाश दिनरात नभनी चोया र कप्टेराबाट डाली, छिटी, नाङ्लो–चाल्नो, पङ्खा, कोनियाँ र अन्य खेलौंना बनाउन ब्यस्त हुनुभएको हो । राति अबेरसम्म चोया र कप्टेरा चलाउँदा चलाउँदै ओछ्यानमा ढलेका प्रगाश बिहान आँखा उघ्रनासाथ त्यही चोया र कप्टेरामा हात पुर्याउछन्र ।

चन्द्रमास गणनाले कात्तिक कृष्णपक्ष टेक्नासाथ प्रगाशजस्तै महोत्तरीसहितका मध्यपूर्वी तराईका अतिविपन्न डोम समुदायको अनुहारमा खुशी झल्कन्छ । यो पक्षको अन्तिममा पर्ने दीपावली र त्यसलगत्तै कात्तिक शुक्लपक्षमा शुरु हुने छठ पर्वमा आफ्नो शीपले बजार पाउने भएपछि यी पर्व डोमका लागि खुशी र उमङ्गको बन्ने गरेको छ ।

बाँसका चोया र कप्टेराबाट विभिन्न प्रकारका सामान (चोया र कप्टेराबाट बन्ने राखनधरनका सामान) बनाउने पूख्र्यौली पेशाका डोम दीपावली र छठमा यी सामानको माग बढ्ने भएपछि खुशी देखिने गरेका हुन् । दीपावली र छठ नजिकिँदै आउँदा यहाँका अतिविपन्न डोम जातिको बसोबास रहेको दलित बस्तीमा राम्रो कमाइ हुने आसमैं खुशी छाउने गरेको छ ।

यहाँ दीपावली र छठमा बाँसको चोया र कप्टेराले बन्ने डाली, छिटी, नाङ्लो—चाल्नो, कोनियाँ र पङ्खासहितका सामान पूजाआराधनासँगै जोडिने भएकाले यस्ता सामान बनाउने पुख्र्यौली व्यवसाय अँगाल्दै आएका डोम बस्तीमा अहिले ब्यस्तता बढेको हो । डोम बस्तीमा अहिले बाँस खोजेर ल्याउने, फट्याउने, कप्टेरा र चोया काढ्ने र मागअनुसारका सामान बुन्ने काममा परिवारका सबै सदस्य ब्यस्त देखिन्छन् ।

घरमूलीदेखि पाँच/सात वर्ष उमेर कटेका नानीहरु पनि लगनका साथ काममा ब्यस्त भएका देखिदो छ । अन्य बेला अभाव नै अभावमा गुजारा चलाउने डोम समुदायमा मिठोमसिनो खाने, राम्रा लुगा लाउने र स–साना नानीहरुको रहर पूरा गर्ने भाखा पनि घरमूलीले दीपावली र छठ जोडेर राख्ने गर्छन् । “के गर्नु हजुर, वर्षभरिको नगद खर्चको जोहो गर्ने बेला यही हो, अहिले चुके वर्षभरि नगद हेर्न पाइँदैन,” भङ्गाहा–५ सिद्धपुरको डोम बस्तीका अगुवा प्रगाश भन्छन् – “स–साना नानीहरुको रहर र चाहना हामीले दीपावली र छठ पर्वमा पूरा गर्ने आस साँचेका हुन्छौं ।” अन्य बेला आफ्ना शीपको खासै माग नहुने हुँदा वर्षभरिको नगद खर्चको जोहो पनि यसै बेला गर्न पर्ने दबाब हुने गरेको प्रगाशको थप भनाइ छ ।

दीपावली नजिकिएर बाबु/आमा काममा ब्यस्त भएसँगै सामान बनाइदिन भन्न आउने ग्राहक बाक्लिएपछि स–साना नानीको फर्माइस पनि बाक्लिने गरेको छ । “माय, दिबालीआ छठमें हम गुड्डी उडायब्, हमरा बहुते रङ्गके गुड्डी लादिहे,” (आँमा, म तिहार र छठ पर्वमा चङ्गा उडाउँछु, मलाई रङ्गीबिरङ्गी चङ्गा ल्याइदिनु होला) पर्वका लागि माग भएका कप्टेरा र चोयाका सामान बुनिरहेकी बर्दिवास–१ की रामकली मरिकको छेउमै खेल्दै आइपुगेका छ वर्षीय छोरा रमुवा मरिकले माग गरे ।

रामकलीले रमुवालाई दीपावलीमा चङ्गा ल्याइदिने बताउनुभएको छ । शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता आफ्नो हक हो भन्ने कुराबारे पूरै बेखबर डोमहरु स–साना पराले झोपडीमा पुस्तौंदेखि गुजारा चलाइरहेका छन् । चरम गरीबी र अशिक्षाले जकडिएका डोम समुदायका लागि ठूलाबडाको मृत्यु हुँदा अग्नि संस्कारमा आगो बेचेर प्राप्त हुने आम्दानी, श्मसानघाटमा फालिएका बाँसका घोचा सङ्कलन गरेर बनाइएका चोयाका सामान बेचेर प्राप्त हुने आम्दानी र सुँगुर पाल्ने पुख्र्यौली पेशाबाट प्राप्त हुने आम्दानी नै जीवन गुजाराको सहारा रहँदै आएको छ ।

तिहार र छठ चैं आपूmहरुले पनि निष्ठापूर्वक मनाउने भएकाले यी पर्वमा प्रयोग हुने सामग्री नयाँ बाँस किनेर पवित्र मनले बनाउने गरिएको डोमहरु बताउँछन् । जिल्लाभरिमा एक हजार ५० (२०६८ सालको जनगणनाअनुसार) मात्र जनसङ्ख्या रहेको डोम जाति जिल्लाका प्रत्येक जसो बस्तीको पुछारमा छुट्टै बस्तीजस्तो देखिने गरी एक/दुई घरमा बसोबास गरेका भेटिन्छन् ।

मधेशमा अत्यन्त पछि परेका जाति समुदायभित्रका डोमको नयाँ लुगा किन्ने, आफन्तकहाँ भेट्न कोशेली बनाउने, स–साना नानीको रहर पूरा गरेर वर्षको अन्तसम्म नून तेलको जोहोसमेत तिहार र छठको कमाइबाट हुने गरेको छ । “गरीब छौं, चाहिंदो खर्चको पनि अभाव छ तर, स–साना नानीको मन त हो, गाउँमा अन्य समुदायका नानीका हातमा जे देख्छन्, घर आएर त्यसैको फर्माइस गर्छन्,” लोहारपट्टी नगरपालिकाको डोठारा बस्तीका रामलाल मरिकले भने – “नानीहरुले भनेको कुरा दिन नसक्दा मन कुँडिन्छ, यतिबेला भने आफ्नो गच्छेले भ्याएसम्म नानीहरुको रहर हामी पूरा गर्छौं ।”

मुलुकमा अवसरबाट पछि परेका सिमान्तकृत जाति समुदाय, गरीब र दलितहरुको उत्थानका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको बजेट भाषण र सम्बोधनमा सुनिने गरिए पनि ती कार्यक्रम भने जिल्लाका डोम जातिको बस्तीमा नपुगेको सामाजिक अभियन्ताहरुको टिप्पणी छ ।

सरकारी कार्यक्रमहरुको प्रभावकारी अनुगमन नहुँदा अवसरबाट पछि पारिएका डोमसहितका जाति समुदायको उत्थानको काम हुन नसकेको भङ्गाहा–४ की राजनीतिक कार्यकर्ता हीरादेवी दाहाल बताउनुहुन्छ ।

सम्बन्धित समाचार
खाद्य स्वच्छता कायम गरौं

नेपाल पनि दूषित खाद्यजन्य रोगको समस्याबाट अछुतो छैन । विश्व स्वास्थ्य सङ्गठ ...

आजको राशिफलः २०८३ साल जेठ २६ गते मङ्गलबार

श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल जेठ २६ गते मङ्गलबार, ९ ...

सुपारीखेतीमा इलामका किसानको लगाव

फिक्कल । पछिल्लो समय इलामका किसान व्यावसायिक सुपारीखेतीतर्फ आकर्षित हुन थाल ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
खाद्य स्वच्छता कायम गरौं
जेठ २६, २०८३
आजको राशिफलः २०८३ साल जेठ २६ गते मङ्गलबार
जेठ २६, २०८३
सुपारीखेतीमा इलामका किसानको लगाव
जेठ २५, २०८३
बराहक्षेत्रमा ब्राउन सुगरसहित एक युवक पक्राउ
जेठ २५, २०८३
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी
जेठ २५, २०८३
धनकुटाका ११.३ प्रतिशत नागरिक अझै गरिबीको रेखामुनि
जेठ २५, २०८३
न्यायिक समिति बन्यो सम्बन्ध जोड्ने चौतारी
जेठ २५, २०८३
होडा नागेश्वरीमा तमोर नदीको पानी लैजान जडान गरिएको सोलार प्यानल
जेठ २५, २०८३
‘काव्य–कला कोलाज २०८३’: साहित्य, कला र फोटोग्राफीको संगम
जेठ २५, २०८३
सगरमाथा क्षेत्रमा बेपत्ता भएका दावा शेर्पाको खोजी गर्न माग
जेठ २५, २०८३
विद्यालय समायोजन नीति कार्यान्वयन आवश्यक
जेठ २५, २०८३
आजको राशिफलः २०८३ साल जेठ २५ गते सोमबार
जेठ २५, २०८३
आइतबारको बिदा खारेज गर्ने तयारी छैन
जेठ २४, २०८३
होली गार्डेनको अन्तर–हाउस फुटसल प्रतियोगिता सुरु
जेठ २४, २०८३
प्राइम भिजन इन्टरनेशनल कलेजको अभिमुखीकरण कार्यक्रम सम्पन्न
जेठ २४, २०८३
खाद्य स्वच्छता कायम गरौं
जेठ २६, २०८३
आजको राशिफलः २०८३ साल जेठ २६ गते मङ्गलबार
जेठ २६, २०८३
सुपारीखेतीमा इलामका किसानको लगाव
जेठ २५, २०८३
बराहक्षेत्रमा ब्राउन सुगरसहित एक युवक पक्राउ
जेठ २५, २०८३
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी
जेठ २५, २०८३
धनकुटाका ११.३ प्रतिशत नागरिक अझै गरिबीको रेखामुनि
जेठ २५, २०८३
न्यायिक समिति बन्यो सम्बन्ध जोड्ने चौतारी
जेठ २५, २०८३
होडा नागेश्वरीमा तमोर नदीको पानी लैजान जडान गरिएको सोलार प्यानल
जेठ २५, २०८३
‘काव्य–कला कोलाज २०८३’: साहित्य, कला र फोटोग्राफीको संगम
जेठ २५, २०८३
सगरमाथा क्षेत्रमा बेपत्ता भएका दावा शेर्पाको खोजी गर्न माग
जेठ २५, २०८३
विद्यालय समायोजन नीति कार्यान्वयन आवश्यक
जेठ २५, २०८३
आजको राशिफलः २०८३ साल जेठ २५ गते सोमबार
जेठ २५, २०८३
आइतबारको बिदा खारेज गर्ने तयारी छैन
जेठ २४, २०८३
होली गार्डेनको अन्तर–हाउस फुटसल प्रतियोगिता सुरु
जेठ २४, २०८३
प्राइम भिजन इन्टरनेशनल कलेजको अभिमुखीकरण कार्यक्रम सम्पन्न
जेठ २४, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क