झापा/ झापाको गौरीगंज गाऊपालिका –६ खजुरगाछीमा एक जनाको डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६५ वर्षीय गंगा सुन्दास रहेका छन् ।
उनको खोला तर्ने क्रममा डुबेर मृत्यु भएको हो ।
आज बिहान ८ बजे सोही स्थानमा रहेको गेउरीया खोला तर्ने क्रममा लडेर मृत्यु भएको भन्ने खबर प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय गौरीगंजबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।