मनसुन न्यूनचापीय रेखा तराई भू–भाग नजिक रहेकोले प्रदेश–१, प्रदेश–२ र लुम्बिनी प्रदेशमा पर्ने तराईका एकरदुई ठाउँमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

अझै एकरदुई दिन मनसुन सक्रिय रहने भएकाले धेरै ठाउँमा पानी पर्ने मौसमविद्को अनुमान छ । आज वाग्मती र सुदूरपश्चिमका केही ठाउँमा पनि ठूलो वर्षाको सम्भावना भएपनि न्य ठाउँमा भने आज हल्कादेखि सामान्य पानी पर्ने  बताइएकाे छ  ।देशका अन्य क्षेत्रमा पानी परे पनि मनसुनी न्यूनचापीय रेखाको प्रभाव कम पर्दा काठमाण्डौमा ठूलो पानी परेको छैन ।