उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीको स्पोर्टस मिट अन्तर्गत ब्याडमिन्टनको उपाधी छात्र तर्फ सुनाखरी सेकेण्डरी स्कुल र छात्रा तर्फ सीबी कलेजले जितेको छ ।

इटहरी रंगशालामा रहेको कबर्डहलमा शुक्रबार सम्पन्न छात्र तर्फको प्रतिष्पर्धामा सुनाखरी स्कुलका रोदन राई प्रथम हुदा युरेका स्कुल धरानका अनमोल राई दास्रो भएका छन । यस्तै कस्तुरी एकेडेमीका अजय शाह र डिपोट सेकेण्डरी स्कुलका रिसीकान्त राई तेस्रो भएका छन । 

छात्रा तर्फको प्रतिष्पर्धामा सिबी कलेजकी रोज राई प्रथम हुदा बेबीलोन सेकेण्डरी स्कुलकी सन्ध्या श्रेष्ठ दोस्रो भएकी छन । यस्तै प्रभात इंगलिस स्कुलकी कञ्चन राई र धरान सेकेण्डरीकी सदिक्षा लिम्बु तेस्रो भएकी छन । 

  स्पोर्टस मिट अन्तर्गत शुक्रबार नै सम्पन्न टेबल टेनिसको उपाधी छात्र र छात्रा दुबै तर्फ युरेका सेकेण्डरी स्कुलले जितेको छ । छात्र तर्फ सरण राई प्रथम भएका छन भने छात्रा तर्फ सुयशाा राई प्रथम भएकी छन । 

यस्तै छात्र तर्फ धरान आदर्शका अनमोल बिक दोस्रो भएका छन । बिश्व आदर्शका रियाज खड्का र सुनाखरी एकेडेमीका त्याबुहांग राई तेस्रो भए । छात्रा तर्फ धरान सेकेण्डरी स्कुलकी अदिती श्रेष्ठ दोस्रो भइन भने धरान आदर्शकी दिया शाक्य र सुष्मा गोदावरी कलेजकी सोनिका राई तेस्रो भएकी छन ।