धरान । धरान–६ पानबारीस्थित फोहोर प्रशोधन केन्द्र परिसरमा धरान सरोकार समाज काठमाडौँले वृक्षरोपण गरेको छ ।
जिल्ला वन कार्यालयको सहयोगमा प्राप्त ५० थान बिरुवा भेन्चर वेस्ट टु इनर्जी प्रालि परिसरमा मङ्गलबार रोपिएको हो । अध्यक्ष प्रभु श्रेष्ठका अनुसार विभिन्न जातका ५० थान बिरुवा रोपिएको हो ।
उनका अनुसार जामुन, निम, बेल, सरिफा, अर्जुन, रिठ्ठा, वटर ब्रस, तित्री, शिरिष प्रजातिका बिरुवा रोपिएको हो । वातावरण स्वच्छ राख्नका लागि बिरुवा रोपिएको जनाइएको छ ।