धरान । धरान–१७ भेट्रान फुटबल क्लबको आयोजनामा बुधबारबाट नमस्ते खेल मैदानमा वडास्तरीय भेट्रान रनिङ फुटबल प्रतियोगिता सुरु हुँदै छ । 

प्रतियोगितामा १३ वटा वडाहरूले प्रतिस्पर्धा गर्दै छन् भने धरान १७ को दुई वटा टिम रहेको आयोजक क्लबका अध्यक्ष विजय राईले जानकारी दिए । उद्घाटन खेल धरान १७ निलो र धरान ८ बीच हुँदै छ । प्रतियोगिताको फाइनल कात्तिक ५ गते हुने आयोजकले जनाएको छ । धरानको १, २, ४, १४, र २० नम्बर वडाले सहभागी जनाएको छैन । 

प्रतियोगिता विजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी पाउने छ भने उपविजेता टिमले नगद २० हजार रुपैयाँसहित ट्रफी पाउने क्लबका सदस्य सतिस केसीले जानकारी दिए । प्रतियोगितामा ३६ वर्षभन्दा माथिका खेलाडीहरूलाई प्रवेश अनुमति दिइएको छ । ३६ देखि माथि ३९ वर्षसम्मका खेलाडीलाई निश्चित प्रवेशका लागि अनुमति प्रदान गरिएको छ भने ४० भन्दा माथिका खेलाडीहरूलाई भने प्रवेश अनुमति छैन ।