अप्पर स्याङ्गे हाइड्रोपावरकाे १२ लाख ४७६ जनाले आवेदन मध्ये ५३ हजार ९५० जना  सर्वसाधारणले १० कित्ता  आइपीओ  पाएका छन् । 

 कम्पनीले ६ करोड ५० हजार रुपैयाँ बराबरको १ सय अंकित मूल्यमा ६ लाख ५० हजार कित्ता सेयर निस्कासन गरेकाे थियाे । ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ भने ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र ९१३ हजार कित्ता कर्मचारीलाईलाई छुट्याइएको छ । बाँकी ५ लाख ३९ हजार ५ सय कित्ताका लागि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो । 

असार १० गतेदेखि सर्वसाधारणका लागि खुल्ला गरेकाे  आइपीओका लागी  १२ लाख ४७६ जना मध्ये २ हजार ३९९ जनाको आवेदन भने रद्द भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।