श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल वैशाख १७ गते बिहीबार, ३० अप्रिल २०२६, रौद्रनाम संवत्सर। वैशाख शुक्लपक्षको चतुर्दशी तिथि ०९ः३२ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र चित्रा भोलि ०२ः३२ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि कन्या, सूर्योदय ०५ः२५ बजे र सूर्यास्त ०६ः३६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नु पर्नेछ। चिताएका काममा बाधा पु¥याउनेहरू प्रशस्तै हुनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
केही अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यावसायिक कर्मले गति लिनेछ। मिहिनेतले राम्रो नतिजा हातपार्न सकिनेछ।परिवारजनलाई समय दिनुपर्ने हुनसक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। धेरै फाइदा नहुने काममा समय बित्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दोहो¥याएर प्रयत्न गर्दा काम सफल पार्न सकिनेछ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्लान्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहो¥याएर काम गर्नुपर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला।