विराटनगर/रानी–इटहरी–धरान सडकखण्ड अन्तर्गत कोशी राजमार्गको रानीदेखि निमुवासम्मको १४ किलोमिटर सडक यसै वर्ष निर्माण सम्पन्न हुने भएको छ । चार वर्षसम्म सो १४ किलोमिटर सडक निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता अनुसार यो वर्ष सडक निर्माण गरिसक्ने गरी काम अघि बढेको रानी–इटहरी–धरान सडक योजनाका डिभिजन इञ्जिनियर दीपक भट्टराईले जानकारी दिए ।रानीदेखि धरानसम्मको ४९ किलोमिटर सडक ६ लेनको हुने र त्यसको चौडाई ३० मिटर हुने योजनाले जनाएको छ ।

high

पछिल्लो समय सडकको डिजाइन परिवर्तन भएर ४ लेनको भयो भन्ने खबरहरु सार्वजनिक भइरहेकोमा त्यसमा कुनै सत्यता नरहेको भन्दै भट्टराईले सडक ६ लेनकै बन्ने स्पष्ट गरेका हुन् ।पुरानो डिजाइनमा केही परिवर्तन भएपनि ६ लेन सडक भने कायम रहेको छ । सडक बाहेक पूmटपाथ, हरियाली क्षेत्र र सडक छेउको नालाको डिजाइन भएकोमा जमिन अभाव हुँदा त्यसमा केही संशोधन भएको तर ६ लेन सडकको डिजाइन परिवर्तन नभएको भट्टराईले स्पष्ट पारे ।यस सडकखण्ड अन्तर्गत रानीदेखि निमुवासम्म यो वर्ष अहिले सञ्चालन भइरहेको सडकबाहेक दुवैतर्पmको दुई÷दुई गरी चार लेन सडक सकेसम्म कालोपत्रे गरिसक्ने तयारी योजनाको छ । कुनै कारणले अवरोध आएको खण्डमा आगामी वर्षको शुरुमै कालोपत्रे गर्नेगरी काम अघि बढाउन ठेकेदार कम्पनीलाई भनिसकेको र काम पनि शुरु भएको भट्टराईले जानकारी दिए । पुरै काम गर्न नभ्याएपनि बरगाछीदेखि विराटनगर प्रवेशद्वारसम्मको सडक भने सम्पन्न हुने उनको भनाइ थियो ।यस सडकखण्ड अन्तर्गत दुहबीबाहेक अन्यत्र साइड क्लियर भइसकेको छ ।

दुहबीमा सडकको जमिन १६ मिटर मात्र रहेकोले त्यहाँ समस्या देखिएको छ । त्यसका लागि आवश्यक जमिन व्यवस्था मिलाउन सरकारलाई लेखी पठाएको र सरकारले निर्णय गरे मुआब्जा दिएर भएपनि आवश्यक जमिन व्यवस्था गर्ने प्रयत्न भइरहेको बताइएको छ ।यसैबीच सडक जीर्ण भएर आवतजावतमा कठिनाइ हुनथालेको कोशी राजमार्गको विराटनगर इटहरी खण्डको मर्मतका लागि काम अघि बढेको छ ।मर्मत सम्भार गरी यातायातका लागि समस्या भएको ठाउँमा कालोपत्रे गर्न तथा आवश्यक सुधार गर्न ठेक्का प्रक्रिया अघि बढेको रानी इटहरी धरान सडक योजनाका डिभिजन इञ्जिनियर दीपक भट्टराईले जानकारी दिएका छन् ।रानी–धरान खण्डको विराटनगरस्थित शिवमन्दिर, दुहबी, खनार र इटहरीको विभिन्न भागमा सडक बिगिँ्रदा समस्या भएको छ ।

अत्यधिक धुलो उड्नाले यात्रा गर्न कठिनाइ भएको गुनासो आइरहेको बेला भट्टराईले केही दिनभित्रै समस्या समाधान हुने गरी मर्मत सुधारको काम अघि बढ्ने बताए । वर्षातमा पानी जमेर समस्या भएपछि कतिपय ठाउँमा ग्राभेल हालेर सडक उच्चा परिएको थियो । वर्षात सकिएपछि त्यही ठाउँमा अहिले धुलो उड्ने समस्या देखिएको हो ।रानीदेखि धरानसम्मको ४९ किलोमिटर दूरी ६ लेनको सडक बिस्तारको काम भइरहेकोले योजनाले धेरै खर्च गरेर मर्मत भने गर्ने छैन । तत्कालका लागि नगरी नहुने काम बाहेक अरु गर्ने योजना नरहेको भट्टराईले बताए ।